बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

बिषालु च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

बिषालु च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

images
  • 308
    SHARES

  • images
    images
    images
    बिषालु च्याउ खाँदा बुटवलमा १५ जना बिरामी
    images
    images
    images

    बुटवल । जंगलबाट टिपेर ल्याएको जंगली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी परेका छन् ।

    विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका-वडा नं ४ लक्ष्मीनगरका सात,बुटवल -१२ नयागाउँका ६ र बुटवल- १३ बेलबासका दुई जना बिरामी भएका हुन् ।

    images
    images
    images

    जङ्गलबाट ल्याएको बिषालु च्याउ खाँदा बुटबल-४ लक्ष्मीनगर बस्ने ६२ वर्षीया हिमाकुमारी छन्त्याल, वर्ष ६२ कै गौरीमाया सेन, ६५ वर्षीया दीपा सेन, १४ वर्षीय यथार्थ जिसी, ४२ वर्षीया मञ्जु सेन, ६४ वर्षका हरि सेन र ३७ वर्षका प्रकाश सेन बिरामी भएका छन् ।त्यस्तै बुटवल १२  नयाँगाउँका २८ वर्षीया रिना विक, २८ वर्षीया कमला विक, आठ वर्षीया सुप्रिया विक, ३८ वर्षीय विष्णु विक, ३३ वर्षीया दुर्गा विक र ५० वर्षीय हुमबहादुर विक बिरामी भएका छन् ।

    यसैगरी बेलबास शान्ति चोकका ४५ वर्षीया पेमा थापा,४३ वर्षीया सुशीला रोका बिरामी भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो। 

    बिरामीकोे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये पाँच जनाको आइसीयूमा उपचार भइरहेको र अस्वथा गम्भीर रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केसीले जानकारी दिनुभयो ।

     

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, आषाढ १६ २०७९०२:२१:०३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij