बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

बाबुराम र उपेन्द्र बीच सहमतिमा छोडपत्र:अब आ-आफ्नो बाटो लाग्ने सहमति

बाबुराम र उपेन्द्र बीच सहमतिमा छोडपत्र:अब आ-आफ्नो बाटो लाग्ने सहमति

images
  • 191
    SHARES

  • images
    images
    images
    बाबुराम र उपेन्द्र बीच सहमतिमा छोडपत्र:अब आ-आफ्नो बाटो लाग्ने सहमति
    images
    images
    images

    काठमाडौं । जनता समाजवादी पार्टी फुटको संघारमा पुगेको छ।पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवबीच हार्दिकतापूर्वक पार्टी फुटाल्ने सहमति भएको हो   ।अब उनीहरुले सहमतिमै जसपा फुटाल्ने निश्चित भएको छ।

    बुधबार सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा यादव र भट्टराईबीच पार्टी विवाद समाधानका विषयमा छलफल भएको थियो। उक्त छलफलमा भट्टराईले आफूहरूको विचार र सिद्धान्त मिल्ने भए पनि कार्यकर्ताहरू अन्तरघुलित हुन नसकेकाले सहमतिकै आधारमा छुट्टिने प्रस्ताव यादवलाई राखेका थिए। भट्टराईको प्रस्ताव मान्न यादव पनि तयार भएको जसपा स्रोतले बतायो ।स्रोतका अनुसार दुई अध्यक्षबीच सांसदहरूले समेत पार्टी रोज्न पाउने छन्।

    images
    images
    images

    पछिल्लो समय जसपामा उपेन्द्र र बाबुराम पक्षबीच विवाद चर्किँदै गएको थियो।पार्टीका सबै निर्णयमा यादवले एकलौटी गरेको भट्टराईको आरोप थियो। उनले पार्टीको विधानअनुसार अर्को अध्यक्ष चयन गर्न माग गरेका थिए। त्यसका लागि यादव तयार भएनन्। गत वर्ष भदौमा जसपा विभाजन भएर महन्थ ठाकुर, राजेन्द्र महतोलगायतले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि ठाकुरको पद जसपामा खालि थियो। यादवमाथि भट्टराईले दबाब बढाउँदै जाँदा उनी झन्डै बहुमतनजिक पुगेका थिए। तर यादवलाई हटाउन नसके विभाजनका लागि समेत तयार हुनुपर्ने भट्टराईको प्रस्तावपछि उनलाई साथ दिएका धेरै नेताहरू पछि हटेको स्रोतको दाबी छ।

    यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र भट्टराईको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकता भएको थियो। एकता भएपछि संघीय समाजवादी पार्टी बनेको थियो। संघीय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाखमा एकता भएर जसपा बनेको थियो।

     

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, आषाढ १६ २०७९०३:११:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij