बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

सफल दाम्पत्य जीवनका सुत्र

सफल दाम्पत्य जीवनका सुत्र

श्रीमानलाई नराम्रो शब्द बोल्ने, हेपेर बोल्ने महिलाले कहिल्यै श्रीमानलाई प्रगती गर्न दिदैनन

images
  • 199
    SHARES

  • images
    images
    images
    सफल दाम्पत्य जीवनका सुत्र
    images
    images
    images

    दाम्पत्य सम्वन्ध,

    श्रीमानलाई नराम्रो शब्द बोल्ने, हेपेर बोल्ने महिलाले कहिल्लै श्रीमानलाइ प्रगती गर्न दिदैनन ! चाहे जसले जे भनोस श्रीमान भनेका देवता हुन् । श्रीमानहरु परिवारको लागि म’र्न तयार हुन्छन । आफ्नो श्रीमान लाइ जतिबेला पनि नराम्रो सब्द बोल्ने हेपेर बोल्ने चिच्याएर बोल्ने महिलाले कहिल्लै पनि आफ्नो पुरुषको भलो हुन दिदैनन ! उक्तकुरा अध्ययन बाट प्रमाणित भएको छ।

    images
    images
    images

     

    दाम्पत्य सम्वन्ध : जति धेरै झगडा, उति धेरै माया !

    श्रीमान र श्रीमतीबीच ठाकठुक पर्नु र नोकझोक हुनु दाम्पत्य सम्वन्धकै एउटा हिस्सा हो । तर, यस्तो प्रकारको झगडा प्राय अल्पकालिन नै हुन्छन् । ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भन्ने त भनाई नै छ ।

    हालै गरिएको एक सर्भेक्षणले विवाहित जोडीहरुबीच झगडाले सम्वन्धलाई अझै कसिलो र मायालु बनाउने देखाएको छ । उक्त सर्भेक्षणमा सहभागी ४४ प्रतिशत विवाहित जोडिहरुले सातामा एक-पटकभन्दा बढी झगडा गर्ने गरेका थिए । यस्तो झगडाले सम्वन्धले कुनै दिर्घकालिन असर परेको देखिएन ।

    कहिलेकाँही झगडा गर्ने जोडीहरु स-साना भ्रमका बाबजुद पनि लामो समयसम्म सँगै बस्छन् । किनभने उनीहरुलाई आफ्नो माया चोखो र पवित्र छ भन्ने थाहा हुन्छ ।

    झगडा परिपक्व सम्बन्धको संकेत हो

    आफ्नो सम्बन्धलाई दिगो र रमाइलो बनाउने हो भने मनमा तुष पालेर बस्नु हुँदैन । मनको कुरा आफ्नो जोडीसँग पोखिहाल्नुपर्छ । यदि तपाईं आफ्नो पार्टनरसँग खुल्ला दिमागले राम्रोसँग बोल्न सक्नुभयो भने सम्बन्धमा प्रगाढता आँउछ ।

    कहिलेकाहीँ हुने स-साना झगडापछि तपाईंलाई आफ्नो गल्तीको महसुस हुन्छ र यसले तपाईं आफ्नो प्रेमलाई अर्को तहमा पुर्याउन चाहनुहुन्छ भन्ने देखाउँछ ।

    झगडाको अर्थ ख्याल राख्नुस

    पार्टनरको कुनै बानी तपाईंलाई नराम्रो लाग्छ भने आँखा चिम्लिदिन सजिलो हुन्छ । तर पनि यदि तपाईं त्यो बानी सुधारियोस भन्ने चाहनुहुन्छ र राम्रो नतिजा ल्याउनको लागि पिडा र झगडा बेहोर्न तयार हुनुहुन्छ भने यो तपाईंको साँचो मायाको संकेत हो ।

    अर्को शब्दमा भन्नुपर्दा कहिलेकाँही एकआपसमा झगडा गर्नु भनेको तपाईंहरु अझै एकअर्काप्रति धेरै प्रतिबद्ध हुनुहुन्छ भन्ने हो ।

    एकपटक सोच्नुहोस् त, तपाईं आफ्नो आमाबुबा र दाजुभाई दिदीबहिनीसँग कति झगडा गर्नुहुन्छ ? पार्टनरसँगको सम्बन्धमा पनि यस्तै हुन्छ । यदि तपाईंहरु धेरै झगडा गर्नुहुन्छ भने यसको अर्थ तपाईंहरु एकअर्कालाई धेरै माया गर्नुहुन्छ ।

    झगडाले सञ्चार सजिलो बनाउँछ

    तपाईंले चुप बसेर आफ्नो जोडीको विश्वास जित्न सक्नुहुन्न । यसको लागि तपाईंले खुल्ला दिमागले कुरा गर्नुपर्छ । आफ्नो कार्यहरुको जिम्मेवारी बहन गर्नुपर्छ र एकअर्काको कुरा राम्रोसँग सुन्नुपर्छ ।

    झगडा वा वादविवाद गर्नु पनि सञ्चारको प्रमुख र सबैभन्दा प्रभावकारी रुप हो । यसले आत्मियता, विश्वास र लगावको भावना बढाउन मद्धत गर्छ र पार्टनरलाई तपाईंसँग अझै राम्रो तरिकाले कुरा गर्न सिकाउँछ ।

    झगडा स्वस्थ सम्बन्धको संकेत

    मनोवैज्ञानिकहरुले स्वस्थ र सुखी सम्बन्धका ७ मुख्य तत्वहरुमा झगडालाई पनि एक मानेका छन् । यदि जोडीले कहिल्यै पनि झगडा गरेनन् भने त्यसले उनीहरु दुईजना बीचमा केही राम्रो नभएको संकेत गर्छ ।

    झगडाले जोडीलाई उनीहरुको मान्यता र भावनालाई फेरि सोचेर पार्टनरको मागलाई फेरि सम्बोधन गर्न वा वार्ता गर्न सहयोग गर्छ ।तर, विचार गर्नुपर्ने कुरा तपाईंको बहस अस्वस्थ र हिंस्रक हुनुहुँदैन । त्यसैले आफ्नो कुराहरु नाम नबोलाई वा ठुलो स्वर नबनाइकन राख्ने गर्नुहोस् ।

    झगडाले आत्मियता बढाउँछ

    जब तपाईं आफ्नो पार्टनरसँग झगडा गर्नुहुन्छ, यसमा जीत-हार कुरा ठूलो होइन । सबैभन्दा मुख्य कुरा तपाईंहरुले एक अर्कालाई राम्रोसँग बुझ्न पाउनुहुन्छ ।

    बेलाबखत हुने साना झगडाले दुवैलाई एकअर्काको प्रकृति र स्वभाव बुझ्न सहयोग गर्छ । यसले आफ्नो पार्टनरसँग कसरी व्यवहार गर्ने भन्ने सिकाउँछ ।

    झगडाले सबै चुनौतीहरुलाई सँगै मिलेर सामना गर्न सिकाउँछ । अझै महत्वपूर्ण त तपाईंलाई पार्टनरसँग सम्झौता गर्न र दुईजना बीचमा बलियो सम्बन्ध स्थापना गर्न सघाउँछ। 

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, आषाढ १६ २०७९०६:२९:१४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij