बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहको बिद्युत आपूर्ति नियमित गर्ने बिषयमा नगरपालिका र प्राधिकरण बीच छलफल

देवदहको बिद्युत आपूर्ति नियमित गर्ने बिषयमा नगरपालिका र प्राधिकरण बीच छलफल

ट्रान्सफर्मर मर्मत गर्नका लागि देवदह नगरपालिकाले प्राधिकरणलाई दुई लाख दिने

images
  • 351
    SHARES

  • images
    images
    images
    देवदहको बिद्युत आपूर्ति नियमित गर्ने बिषयमा नगरपालिका र प्राधिकरण बीच छलफल
    images
    images
    images

    देवदह। देवदह नगरपालिका र नेपाल बिद्युत प्राधिकरण बुटवल बीच देवदहको बिद्युत आपूर्ति समस्या दिर्घकालिन रुपमा समाधन गर्ने बिषयमा छलफल भएको छ। 

    शुक्रबार देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेल ,उपप्रमुख  बिद्यालक्ष्मी गुरुङ,प्रमुख प्रसासकिय अधिकृत डिल्लीराज बेल्बासे एब वार्ड अध्यक्षहरु र नेपाल बिधुत प्राधिकरण बुटवल कार्यालय प्रमख  सुरेश कुमार महतो,  नेपाल बिद्युत प्राधिकरण बुटवल वितरण केन्द्र सूचना अधिकृत राजेन्द्र क्षेत्री,नेपाल बिद्युत प्राधिकरणशित्तलनगर सब स्टेशन प्रमुख शशिराम भण्डारी लगायतको  उपस्थितिमा छलफल कार्यक्रम सप्पन्न भएको हो। 

    images
    images
    images

    छलफलका क्रममा  देवदह नगर क्षेत्र भित्रको विद्युतीकरणमा देखिएको समस्या समाधान गर्न लाइन सुधार गर्ने प्रयोजनार्थ देवदहका सबै वडाहरुमा नेपाल विद्युत प्राधिकरण, बुटवल वितरण केन्द्रले सम्बन्धित वडा अध्यक्ष /वडा सदस्यको उपस्थितिमा सर्भे गर्ने ,पुराना ट्रान्सफर्मरहरु मर्मत गरी जडान गर्नको लागि देवदह नगरपालिकाले नेपाल विद्युत प्राधिकरण, बुटवल वितरण केन्द्रलाई २ लाख रकम उपलब्ध गराउने लगायतका बिषयमा निर्णय गरिएको छ। 

    वार्ड न ५ र ६ को बिद्युत सर्भे सकिएको ,वडा नम्बर  ७ र ८ को सर्भे शनिबार गरिने र बाँकी वडाको सर्भे गर्ने कार्य सकेर समस्या पहिचान गरि नयाँ  ट्रान्सफरमर जडान, पोल तार ब्यवस्थापन गरि देवदहको बिद्युतको दीर्घकालीन समाधान गर्ने कुरामा बुटवल बिधुत प्राधिकरण प्रमुख सुरेस कुमार महतोले प्रतिबद्धता ब्यक्त गर्नुभएको देवदह नगरपालिकाका प्रबक्ता गणेश डुम्रेले बताउनुभयो। 

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij