बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहमा विषेश रचना वाचन कार्यक्रम सम्पन्न

देवदहमा विषेश रचना वाचन कार्यक्रम सम्पन्न

नगरको विकास र समृद्धिको यात्रामा निरन्तर लागिरहन्छु:नगर प्रमुख खरेल

images
  • 260
    SHARES

  • images
    images
    images
    देवदहमा विषेश रचना वाचन कार्यक्रम सम्पन्न
    images
    images
    images

    देवदह।देवदहमा विषेश रचना वाचन कार्यक्रम सम्पन्न भएको छ।देवदहका दुई साहित्यिक संस्था युगिन र अनुराग तथा उज्यालो लालटिन प्रतिष्ठानको आयोजना तथा देवदह नगरपालिकाको आर्थिक सहयोगमा विषेश रचना वाचन कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले गलत बाटोमा लागेकालाई सहि बाटोमा ल्याउन साहित्यले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।देवदह नगरपालिकाले प्रज्ञा प्रतिष्ठानका लागि नीति बनाएको र प्रतिष्ठानलाई पूर्णता दिन नगर सभा लगत्तै छलफल गरिने बताउनुभयो।साहित्यको माध्यम बाट पनि समाजमा सकारात्मक परिवर्तन गर्न सकिने बताउँदै नगरप्रमुख र खरेलले नगरको विकास र समृद्धिको यात्रामा आफु लागिरहने बताउनुभयो।

    images
    images
    images

    कार्यक्रममा नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले यस्ता खालका कार्यक्रमले समाजमा लुकेर रहेको प्रतिभा बा उजागर गर्न सहयोग पुग्ने बताउनुभयो ।साहित्यले समाजलाई परिवर्तन गर्न भूमिका खेल्ने बताउँदै गुरुङले साहित्य भाषा र संस्कृतिको संरक्षणका लागि आफुले पहल गर्ने बताउनुभयो ।

    कार्यक्रममा वरिष्ठ साहित्यकार बूँद राना,कवि डा.श्याम प्रसाद न्यौपाने,विनोद उदय,यज्ञ प्रसाद न्यौपाने,मुक्तककार सरस्वती बस्याल,श्याम न्यौपाने गणेश खनाल सागर भट्टराइले विषेश रचना वाचन गरेका थिए।विशेष रचना वाचन कार्यक्रममा कविता लेखन प्रशिक्षणमा सहभागी १२ वटा विद्यालयका १२ जना विद्यार्थीहरुले समेत प्रतिनिधि मूलक रुपमा रचना वाचन गरेका थिए।

    विषेश रचना वाचन कार्यक्रम युगिन साहित्य समाजका अध्यक्ष सुशील सापकोटाको अध्यक्षता,उज्यालो लालटिन प्रतिष्ठानका सदस्य सुरज भट्टराईको धन्यवाद ज्ञापन र विष्णु 'विवश' पोखरेलको संचालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, आषाढ १८ २०७९०८:०२:२७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij