बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह नगरपालिकाले करिब १ अर्ब ६ करोड बराबरको बजेट ल्याउँदै

देवदह नगरपालिकाले करिब १ अर्ब ६ करोड बराबरको बजेट ल्याउँदै

देवदह नगरपालिकाको नगर सभा शनिबार बस्दै

images
  • 386
    SHARES

  • images
    images
    images
    देवदह नगरपालिकाले करिब १ अर्ब ६ करोड बराबरको बजेट ल्याउँदै
    images
    images
    images

    देवदह। देवदह नगरपालिकाको नगर सभा असार २५ गते शनिबार हुने भएको छ। देवदह नगरपालिकाको १२८ औं कार्यपालिका बैठकले आर्थिक बर्ष २०७९/८० को लागि बजेट पेश गर्ने लगायत निर्णयहरु गरेको छ। यस अघि असार १० गते प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा १ अर्ब ६ करोड २१ लाख बराबरको अनुमानित बजेट नगर सभामा प्रस्तुत गरिएको थियो। सोहि बजेट केहि संसोधन सहित नगर सभामा पेश हुनेछ। 

    त्यस्तै कार्यपालिका बैठकले करार सेवामा कार्यरत कर्मचारीहरुको ६ महिना समयावधि थप गर्ने,जिल्ला मालपोत बाट आगामी आर्थिक बर्षका  लागि जग्गाको मुल्य सुझाव सम्वन्धमा भुमी सम्बन्धि करका दरहरु कुनै हेरफेर नगरी यथावत राख्न जिल्ला मालपोत रुपन्देहीमा सुझाव दिने लगायतका निर्णय गरिएको नगर प्रबक्ता गणेश डुम्रेले जानकारी दिए। 

    images
    images
    images

    त्यस्तै भूमि सम्बन्धि समस्या समाधानका लागि भूमि सम्बन्धि समस्या समाधान सहजीकरण समिति समेत गठन गरिएको छ। समितिको संयोजकमा नगर प्रमुख ध्रुब प्रसाद खरेल ,सह संयोजकमा नगर उपप्रमुख बिद्यालक्ष्मी गुरुङ,सदस्यहरुमा फुलमाया राना,डिल्लीराज मरासिनी ,मोतिलाल ढकाल,शान्ता भट्टराई,श्री लक्ष्मी बिक रहेको कार्यदल बनाइएको छ। त्यस्तै समितिको सदस्य सचीव प्रमुख प्रसाशकिय अधिकृत 
    रहनेछन। 

    त्यस्तै हाल नापी भैरहेको  ब्लकको अव्यवस्थित तथा सुकुम्बासी सम्बन्धि जग्गाको मुल्यांकन सम्बन्धमा हाल नगरपालिकाले कायम गरेको मुल्यको ५०% कम मुल्यांकन गरि सिफारिस गर्ने( यो निर्णय भुमी आयोग प्रयोजनका लागि मात्रै ),नगरपालिका भरिको सडक , खोला, कुलो, घोलाको क्षेत्राधिकार सम्बन्धमा सम्बन्धित वार्ड अध्यक्षको नेतृत्वमा नगरपालिकाको प्राबिधिक सहितको टोलिले सम्बन्धित खोला घोला, कुलोको नापजाँच गरि क्षेत्राधिकार तोक्ने लगयतका निर्णयहरु समेत कार्यपालिका बैठकले गरेको छ। 


    त्यस्तै देवदह नगरपालिकाको १२९ औं कार्यपालिका बैठकले विभिन्न ६ वटा विषयगत समितिको बैठक बाट प्राप्त महत्त्वपूर्ण  सुझावलाई ग्रहण गरि बजेटमा समाबेश गर्ने,सम्बन्धित वडाको जनप्रतिनिधिको उपस्थितिमा सडक,टोलमा रहेका खाडल पुर्ने तथासडक मर्मत गर्ने लगायतका निर्णय गरेको छ। 

    कार्यपालिकाबैठकले देवदह नगरपालिका बाट सम्पन्न योजना र संरचनाको छानबिन गर्न तपशिल बमोजिमको ५ सदस्यीय समिति समेत गठन गरेको छ। जसको संयोजकमा देवदह नगरपालिकाका प्रबक्ता गणेश डुम्रे रहेका छन्। 


    देवदह नगरपालिकाको आर्थिक वर्ष २०७९ ,०८० का लागि नीति तथा कार्यक्रममा प्रस्तुत बजेट 

    आन्तरिक आय १३ करोड ९ लाख, संघीय र प्रदेश राजश्व बाँडफाँडबाट प्राप्त हुने १३ करोड ७२ लाख, संघीय र प्रदेश सरकारबाट अन्तर सरकार वित्तिय हस्तान्तरण हुने १७ करोड ४१ लाख, आय हुने अनुमानित बजेट पेश गरिएको छ। प्रस्तुत बजेटमा क्षेत्रगत रुपमा सामाजिक विकासतर्फ ५ करोड ९६ लाख, आर्थिक बिकास तर्फ ४ करोड ६० लाख, पुर्वाधारतर्फ १ करोड ४७ लाख, वाताबरण तथा बिपद् तर्फ १ करोड ७० लाख, सस्थागत बिकास तथा सेवा प्रवाह तर्फ २१ करोड १६ लाख, सामाजिक सुरक्षा तर्फ २२ करोड, १२ वटै वडागत योजनाका लागि ९ करोड ६० लाख बिनियोजन गरिएको छ ।

    यस्तै नगरपालिकाले नीति तथा कार्यक्रमसँगै शिक्षातर्फ १ आधारभुत तह विद्यालयलाई नमुना बिद्यालयको रुपमा संचालन गर्ने, औचित्य र आवश्यकताका आधारमा बिद्यालय मर्ज र दरबन्दी मिलान गर्ने, संरक्षक नभएका अनाथ, अति बिपन्न बालबालिकाको माध्यमिक तहसम्मको सम्पुर्ण शैक्षिक दायित्व नगरपालिकाले गर्ने, सामुदायिक र सस्थागत बिद्यालय अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउने, देवदह आदर्श बहुमुखी क्याम्पसलाई अध्ययन अनुसन्धान केन्द्रको रुपमा बिकास गर्ने, देवदहबाट बिद्यावारिधी गर्नेको तथ्यांक संकलन गरि बिज्ञ समुह मार्फत शिक्षामा सुधार अभियान चलाउने उल्लेख छ ।

    त्यस्तै खेलकुदका पुर्वाधारहरु तयार गर्ने, देवदह नगर अस्पतालको पुर्वाधार निर्माण गरि सेवा संचालन गर्ने, स्वास्थ्य चौकीहरुको स्तरउन्नति गर्ने लगायतका विषयलाई बजेट÷नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ । यस्तै नगरपालिकाले यसवर्ष महिला स्वास्थ्य स्वयं सेविका, सरसफाइकर्मी र ख बर्गका अपांगहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको उल्लेख छ । देवदह नगरपालिका, सहकारी र निजि क्षेत्रसँगको सहकार्यमा शीतभण्डार संचालन गर्ने, देवदह कोसेलीघर संचालन गरि स्थानीय उत्पादनको बजारीकरण गर्ने, कृषि मिटरको बिधुत महसुलमा ५० प्रतिशत अनुदान दिने, कृषियन्त्र उपकरणमा अनुदान, खेतीयोग्य जमिनको माटो परिक्षण लगायतका विषय समावेश गरिएको छ ।

    यस्तै नगरपालिकाले अव्यवस्थित भुमिहिन सुकुम्बासी समस्या समस्या समाधान गर्न उपलब्ध स्रोत साधन परिचालन गरि मुख्य प्राथमिकतामा काम गर्ने, निकास सहितको बिकास, उत्कृष्ट काम गर्ने उपभोक्ता समिति, ब्यवसायी र वडालाई सम्मान, छोटा सडकलाई इन्टर ब्लक लगाउने, देवदह नगर बिकास प्राधिकरण गठन गरि योजनाबद्द बिकास गर्ने, सम्पुर्ण योजनाहरु चैत सम्म सम्झौता गरि समयमै सप्पन्न गर्ने, पुर्वाधार बिकासको काममा गुणस्तर कायम गर्न नगरपालिकामा गुणस्तर प्रयोगशाला स्थापना गर्ने लगायतका योजनालाई नगरपालिकाले अगाडि सारेको हो । नगरको विपद् ब्यवस्थापनतर्फ आगलागी र बिपद् नियन्त्रणका लागि बारुण यन्त्र खरिद गर्ने, फोहोर मुक्त अभियान संचालन गर्ने, नगरपालिकाले नदिजन्य पदार्थ प्रसोधन केन्द्र संचालन गरि नदिजन्य पदार्थको ब्यवस्थापन, जनतालाई सहुलियत वितरण लगायतका विषयलाई बजेटमा समावेश गरिएको छ । सरसफाईतर्फ उत्कृष्ट काम गर्ने टोल बिकास संस्थालाई सम्मान गर्ने पनि उल्लेख छ ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij