बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

पाल्पा सिमेन्टले रच्यो इतिहास:नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात सुरु

पाल्पा सिमेन्टले रच्यो इतिहास:नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात सुरु

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    पाल्पा सिमेन्टले रच्यो इतिहास:नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात सुरु
    images
    images
    images

    सुनवल ।पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले आफ्नो उत्पादन पहिलो पटक भारत निर्यात गर्ने भएको छ।स्थानिय र राष्ट्रिय स्तरमा वजारीकरण गर्दै आएको पाल्पा सिमेन्ट इन्डष्ट्रीज लिमिटेडको तानसेन सिमेन्ट भारततर्फ निकासी गर्ने पाल्पा सिमेन्टले जनाएको हो।नेपाल सिमेन्टमा आत्मनिर्भर वन्दै गर्दा देश वाहिर पनि सिमेन्टको बजारीकरण र प्रर्वद्धन गर्नुपर्ने नेपाल सरकारको अनुरोध संगै हालैको बजेट मार्फत नेपाल सरकारले वनाएको वतावरणलाई उपयोग गर्दै भारततर्फ निकासी गर्न लागेको उद्योगले जनाएको छ।

    May be an image of 13 people, people standing and road

    images
    images
    images

    सुनवल नगरपालिकाका नगर प्रमुख विमलादेवी अर्यालले देशको उत्पादन भारतजस्तो ठूलो मूलुकमा निर्यात हुनु गौरवको कुरा भएको उल्लेख गरेकि छिन। भारत निर्यातको शुभारम्भको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मेयर अर्यालले उद्योग समृद्द भए मात्रै देश समृद्द हुन सक्ने बताएकी छिन। सिमेन्ट उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा पाल्पा सिमेन्ट इन्डस्ट्रिजलाई धन्यवाद दिंदै प्रमुख अर्यालले सुनवलमा अवस्थित उद्योगले प्राप्त गरेको व्यवसायीक सफलता उद्योगको मात्रै नभएर राष्ट्रकै सफलता भएको भन्दै खुसी व्यक्त गरिन् ।

    May be an image of 5 people and people standing

    भारत तर्फको निकासीले आर्थिक गतिविधिलाई कृयाशिल गराउने र यसले सिमेन्टमा मात्र नभई सवै क्षेत्रलाई सहयोग पुर्‍याउने पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडका जनसम्पर्क प्रवन्द्धक जिवन निरौलाले बताउनुभयो।त्यस्तै नेपाल आयत गर्ने देशको सुचिमा रहेपनि सिमेन्टमा आत्मनिर्भर भइ भारत तर्फ पनि निर्यात गर्नु ठुलो उपलब्धी भएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो।

    कार्यक्रममा बोल्दै कम्पनीका कार्यकारी निर्देशक शेखर अग्रवालले कम्पनी बाट उत्पादित सिमेन्ट भारत निर्यात गर्न अहोरात्र खट्ने कर्मचारी,उपभोक्ता,आपूर्तिकर्ता, तथा स्थानीयबासी सबैमा धन्यवाद व्यक्त गरे ।

    May be an image of 6 people and people standing

    हाल नेपालमा ५० भन्दा धेरै उद्योगहरु सञ्चालनमा रहेको र तिमध्ये १५ उद्योगले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । त्यस्तै देशभर सञ्चालित उद्योगहरुले वार्षिक झण्डै २ करोड बिस लाख टन सिमेन्ट उत्पादन गर्ने गरेको अनुमान गरिएको समेत कम्पनीले जनाएको छ । भरपर्दो र पर्याप्त बिद्युतको अभाव, कच्चा पदार्थको समस्या, उत्पादनको बजार अभाव, राज्यको अल्पकालिन नीति नियम, आर्थिक समस्या, दक्ष जनशक्तिको अभाव लगायत समस्याहरुका बाबजुत पछिल्लो समय नेपाल सिमेन्टमा आत्मनिर्भर हुँदै निर्यात सम्मको अवस्थामा पुगेको छ । 

    May be an image of outdoors

    करिब ५ बर्ष अघि स्थापना भएको पाल्पा सिमेन्टको पाल्पाको माथागढी स्थित रहबासमा रहेको आफ्नै चुनढुङ्गा खानी बाट चुन ढुंगा प्रयोग गरेर सिमेन्ट उत्पादन गर्दै आइरहेको छ ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij