देवदह।देवदह नगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट देवदह नगरपालिकाको ११ औं नगर सभा बाट सर्वसम्मतले पारित भएको छ।
यस अघि असार १० गते प्रस्तुत गरिएको नीति तथा कार्यक्रमलाई केहि परिमार्जन र संसोधन सहित २०७९/८० का लागि चालु र पूँजीगत खर्चको रकम समेत गरि एक अर्ब ६ करोड अन्ठानब्बे लाख पचास हजार रुपैयाँ विनियोजन गरिएको हो।
जस अन्तर्गत आर्थिक विकासका लागि ४६,०००,००० सामाजिक विकासका लागि ६०,०००,००० पूर्वाधार विकासका लागी २२२५०००० वातावरण तथा विपत व्यवस्थापनका लागि १७०००००० संस्थागत विकास तथा सेवा प्रवाह शिर्षकमा २१६४००००० वित्तीय व्यवस्थापन तथा सुशासनका लागि २५००००० रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै नगरपालिकाले उद्योग तथा बाणिज्य तर्फ क्रसर उद्योग संचालनका लागि एक करोड रुपैयाँ छुट्याइएको छ।नगरपालिकाको प्रस्तावित नगर स्तरीय कार्यक्रम अन्तर्गत क्रसर उद्योग संचालनका लागि बजेट छुट्याइएको हो ।
नदिजन्य पदार्थको संरक्षण र खोला व्यवस्थापनका लागि क्रसर उद्योग संचालन गरि नगरपालिकाको आन्तरिक आय वृद्धि गरिने नगर प्रमुख धुब्र प्रसाद खरेलले बताउनुभयो ।कृषि, शिक्षा,स्वास्थ्य रोजगार र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको नगर प्रमुख खरेलले बताउनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij