दोभान । तिनाउ गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक बर्ष ०७८ /०७९ मा सम्पादन गरेको कामको प्रभावकारीता,नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।

गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शीता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको तिनाउ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताउनु भएको छ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुर गर्नुभएको थियो। भौतिक पूर्वाधार विकास,संघीय विशेष योजना, संघीय समपूरक योजना,शिक्षा,स्वास्थ्य र कृषि र भौतिक संरचनामा सम्पन्न भएका योजनाहरु समेटिएको प्रतिवेदन अधिकृत श्रेष्ठले प्रस्तुत गर्नुभएको हो।

कार्यक्रममा सडक निर्माणको गुणस्तर,तिनाउ गा. पालिका स्तरिय अस्पतालको योजना,बाढी पहिरो प्रभावितलाई व्यवस्थापन,प्रदेश सरकारको बजेटमा निर्मित १ करोड ५० लाख बढीमा निर्मित सभा हलको अवस्था ,शिक्षा ,स्वास्थ्य,रोजगार,पर्यटन आदि विषयमा सहभागी बाट उठेका जिज्ञासाको पालिका अध्यक्ष प्रेम श्रेष्ठ,प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ र सम्बन्धित शाखाका प्रमुखहरुले उत्तर दिनुभएको थियो।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लाल बहादुर थापा ,जिल्ला स्थित सुरक्षा निकाएका प्रमुखहरु,वडा अध्यक्ष कार्यपालिका सदस्य,वडा सदस्य ,कर्मचारी तथा सरोकारवालाका साथै स्थानीयको उपस्थिति रहेको थियो ।
कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका लागी टुक्रे योजनामा नभई परिणाम दिने खालका योजनामा केन्द्रीत भएर लाग्न सुझाब दिएका छन । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए ।

कार्यक्रममा आर्थिक वर्ष ०७९/८० को लागि पूर्वाधार विकास, शिक्षा, कृषि, स्वास्थ्यलाई प्राथमिकता राखेर पेश गरिएको बजेट सार्वजनिक गरिको छ। गाउँपालिकाले ११ औं नगर सभा बाट पारित भएको ४८ करोड, २० लाख ९१ हजार बराबरको बजेट प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले सार्वजनिक गर्नुभएको हो।
कार्यक्रम गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष लाल बहादुर थापाको स्वागतर बिमला महतको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij