बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

लायन्स क्लब अफ देवदहको सातौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ देवदहको सातौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न

images
  • 208
    SHARES

  • images
    images
    images
    लायन्स क्लब अफ देवदहको सातौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न
    images
    images
    images

    देवदह । लायन्स क्लव अफ देवदहको सातौं पद हस्तान्तरण तथा अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि पद हस्तान्तरण तथा अवार्ड  वितरण कार्यक्रम गरीएको हो । 

    कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बिनोद थापा मगरले लायन्स क्लव अफ देवदहले आफ्नो कार्यकालमा गरेका गतिबिधि प्रस्तुत गर्नुभएको थियो।  उहाँले आफ्नो कार्यकालमा बिभिन्न क्लबहरु संग सहकार्य गरि आर्थिक अवस्था कमजोर भएकाहरुलाई सहयोग,   विभिन्न ठाउँमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम गरेको, कोभिड–१९ को समयमा जनचेतना कार्यक्रम गरी मास्क वितरण गरेको जानकारी दिनुभयो । उहाँले लायन्स क्लव अफ देवदहले लायन्स आखाँ अस्पताल निमार्ण गरेको बताउँदै रक्तदान कार्यक्रम तथा देवदह स्वास्थ्य चौकीसँग समन्वय गरी आँखाशिविर सञ्चालन गरेको उल्लेख गर्नुभयो ।

    images
    images
    images

    कार्यक्रममा प्रमुख अतिथि देवदह नगरपालीकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले विभिन्न कार्यमा सहयोग गर्ने व्यक्तीहरु, मिडियाकर्मी, सञ्चारकर्मी, सल्लाहकारहरुलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको थियो । कार्यक्रममा वर्ष २०२२÷२३ का अध्यक्ष लायन विष्णु प्रसाद ज्ञवाली, प्रथम उपाध्यक्ष लायन मन बहादुर क्षेत्री, दोस्रो उपाध्यक्ष लायन कृष्ण राज पौडेल, तेस्रो उपाध्यक्ष लायन सृजना वली सापकोटा, सचिव लायन गणेश क्षेत्री, कोषाध्यक्ष लायन विष्णु पाण्डे, सह सचिव लायन देवु भट्टराई र सह कोषाध्यक्ष लायन दिपक चापागाईँलाई पद हस्तान्तरण गरीएको थियो ।

    देवदह नगरपालीकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आतिथ्यता, वर्ष २०२१/२२ का प्रथम उपाध्यक्ष लायन विष्णु प्रसाद ज्ञवालीको स्वागत मन्तव्य र वर्ष २०२१/२२ का सह–सचिव लायन वोधराज गौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, आषाढ ३२ २०७९०८:१२:२०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij