बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

हङ्‍कङ र जर्जिया बाट आउने मिस्डकलले नेपालीलाई तनाव

हङ्‍कङ र जर्जिया बाट आउने मिस्डकलले नेपालीलाई तनाव

images
  • 290
    SHARES

  • images
    images
    images
    हङ्‍कङ र जर्जिया बाट आउने मिस्डकलले नेपालीलाई तनाव
    images
    images
    images

    काठमाडौं । कहिले ह्वाट्सएपमा लाखाँको चिट्ठा परेको म्यासेज त कहिले व्यक्तिगत नम्बरहरूबाट आउने ओटीपी।

    अनि कहिले म्यासेन्जरमा आउने ‘स्पाम लिङ्कु। नेपाली दूरसञ्चार प्रयोगकर्ता प्रायः केही न केही जोखिमको सामना गरिरहेका हुन्छन्।

    images
    images
    images

    यस्तैमा पछिल्लो समय प्रयोगकर्तालाई तनाव दिने अर्को प्रवृत्ति देखिन थालेको छ, मिस्ड कल ।

    त्यो पनि नेपालभित्रबाट हैन जर्जियाबाट। पश्चिम एसिया र पूर्वी युरोपबीचमा पर्ने यस देशबाट पछिल्लो समय नेपालीलाई तारन्तार फोन आउने गरेको छ। अपरिचित नम्बरबाट आउने त्यस्ता कलले प्रयोगकर्तालाई अलमल बनाइदिएको छ।

    पछिल्लो समय धेरै मोबाइल प्रयोगकर्ताले यस्तो कलको सामना गर्नु परेको छ। जहाँ फोन त आउँछ, तर उठाउन नपाउँदै काटिन्छ। यस्ता कल प्रायः ९५५ बाट सुरु भएका नम्बर छन् ।

    यो जर्जियाको ‘कन्ट्री कोडु हो । नेपालका दूरसञ्चार प्रयोगकर्तालाई झुक्याएर उनीहरूलाई कल फिर्ता गर्न बाध्य पार्ने उद्देश्यले यस्ता कल गरिने नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजय रोयले जानकारी दिए।

    यस किसिमको काममा सम्बन्धित देशका सेवा प्रदायकभन्दा पनि तेस्रो पक्ष संलग्न हुने उनले बताए। नेपालबाट त्यस्ता देशमा कल गर्दा महँगो शुल्क लाग्ने भएकाले त्यसको फाइदा उठाउने उद्देश्य त्यस्ता व्यक्ति अथवा समूहको हुने उनले जानकारी दिए ।

     

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, श्रावण ६ २०७९०७:०३:५६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij