बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

बन बाट हुने आम्दानीले मुलुकलाई समृद्द बनाउन सकिन्छ:मन्त्रि हमाल

बन बाट हुने आम्दानीले मुलुकलाई समृद्द बनाउन सकिन्छ:मन्त्रि हमाल

images
  • 210
    SHARES

  • images
    images
    images
    बन बाट हुने आम्दानीले मुलुकलाई समृद्द बनाउन सकिन्छ:मन्त्रि हमाल
    images
    images
    images

    देवदह। लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री सुरेन्द्र हमालले वनबाटै समृद्धि सम्भव भएको बताउनु भएको छ। 
    बैज्ञानिक बन ब्यवस्थापन उपभोक्ता समिती राष्ट्रिय महासंघको प्रथम साधारण सभा तथा अधिबेशनलाई सम्बोधन गर्दै मन्त्रि हमालले उक्त कुरा बताउनु भएको हो। 

    नेपालको संविधानले बनलाई एकल सूचीमा राखेको कारण संघिय सरकारले बनएको कानुन र प्रदेशमा बनेको बन सम्बन्धि कानुन बाझिएकोले काम गर्न असहज भएको मन्त्री हमालले बताउनुभयो ।बन  व्यवस्थापनका लागि प्रदेश रसरकार र बन मन्त्रालय सकारात्मक रहेको समेत मन्त्रि हमालको भनाई रहेको थियो। 
    बनलाई कसरि व्यवस्थापान गर्न सकिन्छ यी विषयमा सबै संग सहकार्य गरेर जान आफु तयार रहेको मन्त्रि हमालले बताउनुभयो।  

    images
    images
    images

    कार्यक्रममा केन्द्रिय अध्यक्ष रेनु  सेनले अध्यक्षको प्रतिवेदन,मधु 'विलास'अधिकारीले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष प्रकाश पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा बन तथा वातावरण मन्त्रालयका नारायण देव भट्टराई , प्रजातान्त्रिक प्राविधिक बनका केन्द्रिय अध्यक्ष दामोदर शर्मा,देवदह नगरपालिकाका पूर्व नगर प्रमुख हिरा बहादुर खत्री ,डिभिजन बन कार्यालय रुपन्देहीका अधिकृत बोधराज सुवेदी,लुम्बिनिं प्रदेश बन निर्देशनालय भैरहवाका प्रमुख जीवन पंगेनी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो। 

    वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघको तदर्थ समितिका अध्यक्ष रेनु सेनका अनुसार ७५ जिल्लामा समिति बनाएको र सबै जिल्लाबाट प्रतिनिधि उपस्थित भएको बताउंदै सबै प्रतिनिधिको सुझाब सहमति र सहकार्य बाट  नयाँ कार्य समिति चयन गरिने बताउनुभयो। 

     

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, श्रावण ७ २०७९०४:२९:४५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij