गुराँस मिडिया। मगर समुदायको बहु चर्चित सामाजिक संजाल फेसबुक समुह(ग्रुप ) मगर संसार फोटो ग्यालरीले मिस मगर नेपाल २०२२ का बिजेतालाइ एक कार्यक्रमको बीच सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।
'भेषभुषा,भाषा,लिपि ,धर्म ,संस्कार, संस्कृतिलाइ संरक्षण गरौ,विश्व भरिका मगरलाई एकजुट गराउ' र दिन दुखी गरिब बिरामीलाई सहयोग गरौं भन्ने मूल नाराका साथ स्थापित मगर समुदायको परिचित अनलाइन ग्रुप मगर संसार फोटो ग्यालरी ग्रुपद्वारा सोमबारको दिन एक कार्यक्रमका बिच पोखरा रामबजार मगर भवनमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रम रामबजार इकाई समिति पोखराका महिला अध्यक्ष लक्ष्मी थापाको अध्यक्षता,यश टी क्रीयशनका प्रबन्धक,इभेन्ट म्यानेजर लगायत विभिन्न पदाधिकारीहरुको उपस्थितिमा मिस मगर २०२२ का विजेता मिलन थापा मगर ,1st Runner up भावना खपाङ्गी मगर,2nd Runner up टुगा राना मगर(मगर संसारका एडमिन), 3rd Runner up मिना(प्रीयङ्का)गर्बुजा मगर र viewer's choice मा रोशना बुढा मगरलाइ मगर संसार फोटो ग्यालरी ग्रुपका कृयाशिल एडमिनहरु शान्ति थापा मगर र पवित्रा थापा मगर द्वारा बधाई सहित सम्मान कार्यक्रम सप्पन्न गरिएको मगर संसारका संस्थापक अध्यक्ष अनिल लामिछाने मगर ले जानकारी दिनु भएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij