देवदह ।रुपन्देहीको देवदह ५ मा अवस्थित देवदह स्वास्थ्य चौकीमा नयाँ ब्यवस्थापन समिति चयन गरिएको छ ।समितिको अध्यक्षमा देवदह नगरपालिकाका प्रवक्ता तथा देवदह ५ का वडा अध्यक्ष गणेश डुम्रे चयन भएका छन् ।
समितिको उपाध्यक्षमा बिमलादेवी दर्लामी, सदस्यमा छबी गिरी, पार्वती न्यौपाने, पवित्रादेवी रिमाल, बामदेव पोखरेल र सदस्य सचिवमा डिलेश्वर श्रेष्ठ चयन भएका छन् ।
त्यसै गरि समितिको सल्लाहकारमा रुद्रमान ढकालको संयोजकत्वमा पाँच सदस्यीय समिति चयन गरिएको छ । जसको सदस्यमा गोबिन्द ठडराई, माधव रिमाल, वासुदे रिमाल र डिल्लीराम सापकोटा रहेका छन् ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य निर्देशिका एब कार्यबिधी अनुसार अध्यक्षमा प्रवक्ता डुम्रे चयन भएका हुन् ।
निर्वाचित समितिको पहिलो बैठकले वार्षिक लक्ष्य प्रगती एवं आगामी आर्थिक बर्ष २०७९/८० को योजना सहितको कार्यक्रम तथा स्वास्थ्य स्वयंसेविका सम्मान तथा बिदाइ कार्यक्रम यहि शुक्रबार गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले देवदह -५ मा निर्माणधिन अवस्थामा रहेको देवदहकै गौरवको आयोजनाका रुपमा रहेको १५ बेडको देवदह अस्पताल तत्काल निर्माण गर्न देवदह नगरपालिकालाई पहल गर्ने, नगरपालिकाबाट नियुक्त चिकित्सकलाई अन्यत्र परिचालन नगरी यसै संस्थाबाट नियमित विशेषज्ञ स्वास्थ्य सेवा प्रवाहको ब्यवस्था गर्न देवदह नगरपालिकालाई अनुरोध गर्ने निर्णय भएको प्रवक्ता डुम्रेले जानकारी दिए।
यस्तै देवदह स्वास्थ्य चौकीबाट २४ औ घन्टा आकस्मिक सेवा प्रवाहका लागि आवश्यक बजेट ब्यवस्था गर्न, जनशक्ति ब्यवस्थापनको लागि नगरपालिकाको ध्यानाकर्षण गराउने साथै देवदह स्वास्थ्य चौकीको प्रयोगशालाबाट प्रवाह हुने सेवालाई थप प्रवाहकारी र ब्यवस्थित बनाउन ब्यवस्थापन समितिबाट नियुक्त ल्याब टेक्निसियनलाई नगरपालिकाबाट नियुक्तिको लागि माग गर्ने निर्णय गरेको बताइएको छ ।
यसैबीच देवदह स्वास्थ्य चौकीबाट आकस्मिक चौबीसै घन्टा स्वस्थ्य सेवा प्रवाहको ब्यवस्था गर्न, नेपाल सरकारले निःशुल्क उपलब्ध गराउने औषधिको नियमितताको लागि, स्वास्थ चौकीबाट सहज सर्वशुलभ आँखा उपचार सेवा संचालनको लागि पहल एवं ब्यवस्थापन गर्ने पनि निर्णय गरेको छ ।सोका लागि छबिराज गिरिको संयोजकत्वमा ४ सदस्यीय उपसमिति गठन गरेको प्रवक्ता डुम्रेले जानकारी दिए।