देवदह । मुलुक संघिय संरचनामा गए संगै सिंह दरबारको अधिकार गाउँ गाउँ पुग्यो भनेर नेताहरु बिभिन्न कार्यक्रममा भाषण गर्छन। प्रदेश सरकार स्थानीय सरकार र जनप्रतिनिधिको व्यवहारले भने सिंह दरबारको अधिकार होइन बरु दरबारको शासन गाउँ गाउँमा पुगेको महसुस गरिएको छ।
पछिल्लो समय पालिकाहरुले गरेको अनावश्यक खर्च,बिद्यमान रुपमा देखिएको बेरुजु र प्रदेश सरकारले विकास निर्माणका कामको लागि विनियोजन गरेको रकम खर्च गर्न नसक्नुले जनप्रतिनिधिहरु विकास निर्माणमा होइन सस्तो लोकप्रियता कमाउनको लागि मात्रै लागे जस्तो देखिन्छ।
स्थानीय जनप्रतिनिधिहरु सभा सम्मेलन र क्लबका कार्यक्रम उद्घाटनमा व्यस्त देखिन्छन। विकास निर्माणका कामहरु अलपत्र छन्। जनताले तिरेको कर बाट सम्पन्न भएको आयोजना उद्घाटन गर्न भने हानाथापनै गर्ने गर्छन। यसको पछिल्लो उदाहरण हो देवदह ८ को बंगाली खोलामा भर्खरै निर्माण भएको पुल,

करिब ४ करोड १५ लाख बजेटमा आर्थिक वर्ष २०७६।७७ को वार्षिक कार्यक्रम अन्तर्गत निर्माण सुरु भएको देवदह ८ बंगाली देखि देवदह ४ देविदमार जोड्ने पक्कि पुल निर्माण सम्पन्न भैसके पछि उद्घाटन गर्ने क्रममा समन्वय हुन नसक्दा चर्चाको विषय बनेको छ। रुपन्देहीको क्षेत्र नम्बर १ क अर्थात् यस क्षेत्रका प्रदेश सांसद डाक्टर कृष्ण न्यौपानेले साउन १० गते भएको पुल उद्घाटन कार्यक्रमममा ३ बजे आमन्त्रण गरेर आफु कार्यक्रममा पुग्दा पुल उद्घाटन कार्यक्रम सकिएको जानकारी पाएको भन्दै असन्तुष्टि पोखेका थिए।

सडक पुर्वाधार बिकास कार्यालयको आयोजनामा लुम्बिनी प्रदेशका भौतिक बिकास पुर्वाधार मन्त्री सहसराम यादवले नव निर्मित पुलको उद्घाटन गरेका थिए। तर पुल उद्घाटन गरेको २ दिन नबित्दै मन्त्रि यादबको नाम सहितको शिलालेख भने गायप भएको छ।
यस बिषयमामा यस क्षेत्रका प्रदेश सांसद डाक्टर कृष्ण न्यौपाने संग जिज्ञासा राख्दा उद्घाटन कसले गर्ने त्यसमा गुनासो नभएको तर आफुले पहल गरेर निर्माण सम्पन्न भएको पुल उद्घाटनका लागि आमन्त्रण गरेर कार्यक्रममा पुग्नु अगावै कार्यक्रम सम्पन्न भएको जानकारी पाउँदा दुख लागेको बताए।
शिलालेख कसले तोड्यो अथवा गायाप पारियो यस बिषयमा भने आफु अनभिज्ञ रहेको सांसद न्यौपानेले बताए। स्मरण रहोस यस अघि देवदह वडा नम्बर १० मा निर्माण गरिएको भलुही र चरंगे जोड्ने त्रिशुली खोला पुल लुम्बिनी प्रदेशका तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरे पश्चात पुलमा राखिएको शिलालेख तोडिएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij