मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लायन्स क्लब अफ देवदहको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ देवदहको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न

images
  • 206
    SHARES

  • images
    images
    images
    लायन्स क्लब अफ देवदहको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न
    images
    images
    images
    देवदह। लायन्स क्लब अफ देवदहद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । देवदह ५ बैकुण्ठनगरमा निर्माण गरिरहेको आँखा अस्पतालको प्राङ्गणमा लियो क्लब अफ देवदहको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी क्लबका संस्थापक अध्यक्ष लायन विष्णु पौडेलले वातावरणलाई स्वच्छ, सफा र हराभरा तुल्याउन रोपेको रुख बिरुवालाई हुर्काउने दायित्व उत्तिकै रहने र रेखदेख गर्न क्लबका पदाधिकारीहरुलाई आग्रह गर्नुभयो । उहाँले आँखा अस्पताल सञ्चालनको लागि चाहिने सम्पूर्ण उपकरण हरु पूरा भए पछि मात्र अस्पताल सञ्चालनमा आउने बताउनुभयो । तत्काललाई भने लायन्स आँखा अस्पताल बुटवलको सहयोगमा आँखा शिविर भने चलिरहेको बताउनुभयो।
     
    वृक्षरोपण कार्यक्रममा आँप, लिची , निम लगायतको बिरुवा रोपिएको छ ।क्लबले यस अघि पनि सोही स्थानमा वृक्षरोपण गरेकाे थियाे जस मध्ये ९० प्रतिशत बिरुवाहरु हुर्किएका छन्  । उक्त कार्यक्रममा क्लबका पुर्व अध्यक्षहरु, संस्थाका सदस्य र समाजसेवीहरु उपस्थिति रहेको थियो ।
    कार्यक्रम क्लबका अध्यक्ष विष्णु ज्ञवालीको अध्यक्षता र क्लबका सचिब गणेश क्षेत्रीको सञ्चालनमा भएको थियो ।
     
     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij