बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

शिक्षा क्षेत्रकाे सुधार गर्न ऐनले छेक्दैन:शिक्षा मन्त्रि पौडेल

शिक्षा क्षेत्रकाे सुधार गर्न ऐनले छेक्दैन:शिक्षा मन्त्रि पौडेल

images
  • 210
    SHARES

  • images
    images
    images
    शिक्षा क्षेत्रकाे सुधार गर्न ऐनले छेक्दैन:शिक्षा मन्त्रि पौडेल
    images
    images
    images

    साउन १४ । शिक्षा मन्त्री देवेन्द्र पाैडेलले शिक्षा क्षेत्रकाे सुधार गर्न ऐनले नछेकेकाे बताएका छन । रूपन्देहीकाे देवदहमा केरवानी माविकाे भवन शिलान्यास तथा उद्घाटन कार्यक्रममा बाेल्दै शिक्षा ऐनले विद्यार्थीकाे क्षमता बृद्धि र विद्यालयकाे अवस्था सुधार गर्न कुनै समस्या नपारेकाे बताएका हुन । शिक्षा ऐन लागू हुने प्रक्रियामा रहेकाे उल्लेख गर्दै कानुन निर्माण गरेर मात्रै विद्यालय शिक्षा सुधार नहुने बताए । अब कस्ताे जनशक्ती उत्पादन गर्ने भन्ने बिषय शिक्षकहरूकाे काधमा रहेकाले शिक्षकहरू कक्षाकाेठामा बस्ने वातावरण निर्माण गर्नु पर्ने बताए । 

    शिक्षकहरूलाई कक्षाकाेठामा भन्दा राजनितिमा सक्रिय हुने गरेकाे कुरा बारम्बार उठ्ने गरेकाे भन्दै कक्षाकाेठामा समय दिन आग्रह गरे । शिक्षा क्षेत्रकाे सुधारकाे प्रक्रिया सुरू भएकाले सबै उच्च शिक्षा, विद्यालय शिक्षा र आधाभुत शिक्षा गरेर क्रमश सुधार गरिने बताए ।

    images
    images
    images

    साेही कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेश सभा सदस्य डा.कृष्ण न्याैपानेले देवदह क्षेत्र बुद्घसंग सम्बन्धित क्षेत्र भएका कारण लुम्बिनी बाैध्द विश्वविद्यालय निर्माणमा विशेष ध्यान दिन आग्रह गरे । उनले देवदह क्षेत्रका विद्यालयहरूकाे सुधारका लागि आफू लागिरहेकाे बताएका थिए  ।

    वि. सं. २०१० सालमा स्थापना भएको केरवानी माध्यमिक विद्यालयको विद्यालय यस क्षेत्र कै नमूना विद्यालयको रुपमा परिचीत छ ।२०४५ सालमा एसएलसी (तत्कालीन माध्यमिक ) तहको अनुमती पाएको केरवानी माविले २०५५ सालमा १२ सम्मको अध्यापन गराउने अनुमती पाएको थियो । 

    हाल करिब  १ हजार ५ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत केरवानी माविमा विज्ञान, व्यवस्थापन, शिक्षा र कृषि विज्ञान संकायमा विभिन्न विषयहरू अध्यापन हुँदै आईरहेको छ । विद्यालयमा ५५ जना शिक्षक अध्यापनरत छन् । भने अन्य कर्मचारीको संख्या ५ रहेको छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij