देवदह। रुपन्देहीको देवदह खैरेनीका संगीतकार निर प्रसाद गुरुङले "सर्वोत्कृष्ट संगीतकार अवार्ड २०७९" हात पार्न सफल भएका छन्। गुरुङको शब्द र संगीतबद्द गित "यो जुनिमा बाचुन्जेल सम्मले " National Artist Award २०७९ सालको संगीतकार बिधामा "सर्वोत्कृष्ट संगीतकार अवार्ड २०७९" हात पार्न सफल भएको हो।गुरुङले नेपाली सांगितिक इतिहासमा नै पहिलो पटक "जुनी" एल्बम मार्फत "गित एक, संगीत अनेक" बजारमा ल्याएका थिए। यस एल्बममा जसमा ४ वटा गित समावेश गरिएको । चारवटा गितको शब्द एउटै छ भने संगीत र ताल अलग-अलग धारमा सुन्न पाइन्छ। यो जुनीमा बाचुन्जेल सम्म "जुनी" एल्बमको भाग- २ गित हो। जसमा बहु-चर्चित गायीका मिलन नेवारले कर्ण प्रीय स्वर दिएका छिन्। संगीत संयोजन बि. बी. अनुरागी ले गरेको छन्।
भिडियो
यस गितको म्युजिक भिडियोमा नायक गमन घले र नायिका रन्जिता गुरुङको अभिनय रहेको छ । गीतको छायांकन भेष बहादुर गुरुङ, सम्पादन राजन पुवारको छ भने भिडियो निर्देशन प्रीतम गुरुङले गरेका छन्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij