देवदह ।रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ मा अवस्थित ग्रीन प्लान्ट आवासीय माध्यामिक विद्यालयमा एक दिने वित्तीय साक्षरता सम्बन्धि तालिम सम्पन्न भएको छ।
साइन रेसुङ्गा बैंकको सहकार्य र ग्रीन प्लान्ट आवासीय माविको आयोजनामा संचालन भएको तालिममा कक्षा १२ का २२० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको प्रधानाध्यापक राजिव सापकोटाले जानकारी दिनुभयो।
विद्यालयका संस्थापक प्रधानाध्यापक एक नारायण काफ्लेको प्रमुख आतिथ्यता सम्पन्न तालिममा साइन रेसुङ्गा डेभलप्मेन्ट बैंकका डिजिटल बैंकिङ प्रमुख नारायण न्यौपाने,साइन रेसुङ्गा बैंकका दायित्व इन्चार्ज अञ्जली केसी,परासी शाखा प्रमुख भागिरथी न्यौपाने,सविता वाग्ले ढुंगाना,बोमकान्त न्यौपाने,भवानी ढकाल,कौशल ढुङ्गाना,विकास मल्ल,कविता चापागाईं लगायतको उपस्थिति रहेको थियो। वित्तीय साक्षरता कार्यक्रमको नारायण न्यौपानेले सहजीकरण गर्नुभएको थियो।
विद्यालयका प्रधानाध्यापक राजिव सापकोटाको अध्यक्षता र कमला भण्डारीको संचालनमा तालिम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij