बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपण

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपण

images
  • 269
    SHARES

  • images
    images
    images
    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षारोपण
    images
    images
    images

    देवदह। लुम्बिनी प्रदेश सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा रुपन्देहीको देवदह नगरपालिका अन्तर्गत वडा नम्बर ५ को वडा कार्यालय परिसरमा सोमबार एक कार्यक्रमका बीच बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।


    हरेक वर्ष अगस्त १२ तारिख मनाइने अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर आयोजना गरिने बिभिन्न कार्यक्रम अन्तर्गत बृक्षारोपण कार्यक्रम गरिएको  संघीय युवा संजालका कोषाध्यक्ष श्रद्दा कुँवर क्षेत्रिले बताउनु भयो। 

    images
    images
    images

    बृक्षारोपण कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुब प्रसाद खरेल,प्रदेश युवा परिषदका लुम्बिनी प्रदेश उपाध्यक्ष गोबिन्द बहादुर खत्री,लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य तालिम केन्द्र बुटवलका निमित्त निर्देशक नोद नारायण चौधरी,देवदह नगरपालिका प्रबक्ता तथा वडा -५ का वडा अध्यक्ष गणेश डुम्रे ,राष्ट्रिय युवा परिषद नेपालका बोर्ड सदस्य रवि सेन्चुरी,लुम्बिनिं प्रदेश शिक्षा तथा खेलकुद मन्त्रालयक शाखा अधिकृत प्रकाश पाण्डे,देवदह खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष गुमान सिंह कुँवर क्षेत्री, युवा संजालका प्रतिनिधी र विभिन्न संघसंस्थाका युवाहरूको उपस्थीति रहेको थियो ।

    वृक्षारोपण कार्यक्रम अन्तर्गत वडा कार्यालय र लायन्स क्लब अफ देवदहद्वारा निर्माणधीन आँखा अस्पताल परिसर गरि १००  भन्दा बढी दालचिनी,धुपी,लिची,अशोका,आँप,स्वामी लगायत बहुमुल्य जातका विरुवा रोपिएको थियो। 

    images
    images

    लुम्बिनी पाना

    • सोमवार, श्रावण २३ २०७९०१:४३:४८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij