देवदह। रुपन्देहीको देवदहमा नेपाल आदिवासी जनजाति महासंघको २८ औं स्थापना दिवस सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाती महासंघ समन्वय समिति देवदहको आयोजनामा देवदह वडा नम्बर -३ को सेमरहनामा महासंघको स्थापना दिवस कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेलले २८ औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो। प्रमुख अतिथि समेत रहेका नगर प्रमुख खरेलले नेपाल बहुभाषी,बहुधर्म,बहु संस्कृति र बहुजाति भएको मुलुक रहेको बताउंदै नेपालमा आदिवासी जनजातिको छुट्टै र बिशेष महत्व तथा इतिहास रहेको बताउनुभयो।
कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय भाषिक उपाध्यक्ष दल बहादुर बिरकट्टा,होम बहादुर सुनारी, वडा नम्बर १२ को वडा अध्यक्ष:देक बहादुर सारु,नेपाल मगर संघ देवदह नगर अध्यक्ष शोभा कुमारी थापा,बन्धु कुमाल लगायतको सहभागिता रहेको थियो।
नेपाल आदिवासी जनजाती महासंघ देवदहकी कार्यवाहक अध्यक्ष मिना श्रेष्ठको अध्यक्षता र शेर बहादुर तामाङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
संयुक्त राष्ट्रसंघको सन् १९९४ डिसेम्बर २३ मा बसेको महासभाले पहिलो पटक ‘९ अगस्ट’लाई ‘विश्व आदिवासी दिवस’ का रूपमा मनाउने निर्णय गरेको थियो । सन् १९८२ मा आदिवासी बारेमा उठेका सवाल सम्बोधनका निम्ति कार्यदल गठन गरेको थियो । सोही कार्यदलको पहिलो बैठक अगस्त ९ मा बसेको थियो । कार्यदलको सुझावअनुसार सोही दिनको सम्झना गर्दै यो दिवस मनाउन थालिएको हो, जुन २८ औं वर्ष पुगेको छ । नेपालका आदिवासी जनजातिले समेत १९९५ देखि यो दिवस मनाउँदै आएका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij