बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

तिलोत्तमामा मनाइयो २८ औं आदिवासी जनजाति दिवस

तिलोत्तमामा मनाइयो २८ औं आदिवासी जनजाति दिवस

images
  • 197
    SHARES

  • images
    images
    images
    तिलोत्तमामा मनाइयो २८ औं आदिवासी जनजाति दिवस
    images
    images
    images

    तिलोत्तमा।नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगर समन्वय समितिले २८ औं विश्व आदिवासी दिवस एक कार्यक्रमका बीच मूल समारोह गरेर मनाएको छ।

    महासंघका तिलोत्तमा नगर अध्यक्ष आशा गुरुङको अध्यक्षतामा मंगलबार तिलोत्तमामा एक समारोह गरि दिवस मनाइएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगरका मेयर रामकृष्ण खाणले आदिवासी जनजाति समुदायका लागी नगर प्रतिबद्ध रहेको बताउनु  भयो ।

    images
    images
    images

    कार्यक्रममा जनजाति नेताहरू छत्र दर्लामी,नर जङ्ग गुरुङ,६ नम्बर वडा अध्यक्ष गणेश पाठक,झरना स्पोर्ट्स क्लबका अध्यक्ष गङगा राना मगर,नेपाल मगर संघ तिलोत्तमा नगर अध्यक्ष लाल माया राना लगायतले बोल्नुभएको थियो।

    यसै बीच दिवसकै अवसरमा महासंघले संघीयता विषयक अन्तरक्रिया समेत गरेको थियो।आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका जिल्ला अध्यक्ष सनु थापाले सहजीकरण गरेको अन्तरक्रियामा सहभागीहरुले संघीयता राजनीतिक दलहरुको अकर्मण्यताले सहि ढंगबाट कार्यान्वयनमा ल्याउन नसकेको विचार राख्नुभएको थियो।

    कार्यक्रम तुल बहादुर सारुको स्वागत तथा सचिव प्रेम कनौजेको संचालनमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij