देवदह । ऎतिहासिक तथा पर्यटकीय क्षेत्रको रुपमा रहेको देवदहको पाकडी बृक्षमा खानेपानीको धारा जडान गरिएको छ।लायन्स क्लब अफ पाकडी बृक्षको स्थापना दिवसको अवसर पारेर खानेपानीको ट्याङ्की संगै धारा जडान गरिएको हो।
खानेपानीको धारालाई उद्घाटन गर्दै देवदह नगरपालिकाका प्रमुख ध्रुब प्रसाद खरेलले पाकडी बृक्ष ऎतिहासिक र देवदहको गौरव भएको उल्लेख गर्दै खानेपानीको धारा जडानले बृक्षको अवलोकन गर्न आउने पर्यटकलाई खानेपानीको सहजै सुबिधा हुने बताउनुभयो ।

सबैले आफ्नो क्षेत्र बाट सकारात्मक कार्यको सुरुवात गरे समाज रुपान्तरण गर्न सहज हुने नगर प्रमुख खरेलको भनाई थियो।लायन्स क्लब अफ पाकडी बृक्षले गरेको सामाजिक कार्यको प्रसंशा गर्दै नगर प्रमुख खरेलले क्लबलाई नगरपालिकाको साथ र सहकार्य सधै रहिरहने बताउनुभयो।
कार्यक्रममा नवराज न्यौपाने र मिना गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।कार्यक्रम क्लबका अध्यक्ष मिना पाण्डेको अध्यक्षता झरना थापाको स्वागत र रिना लामाको संचालनमा सम्पन्न भएको थियो।
क्लबले पाकडी बृक्ष अवलोकन गर्न आउने पर्यटकहरुका लागि स्वागत बोर्ड समेत स्थापना गरेको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij