देवदह ।रुपन्देहीको देवदहमा नि:शुल्क आँखा शिविर तथा बृहत रक्तदान कार्यक्रम हुने भएको छ।भदौ ४ गते शनिबार देवदह ३ मा रहेको सङ्गम युवा क्लब र चाहाना आमा समूहको आयोजनामा नि:शुल्क आँखा शिविर तथा बृहत रक्तदान कार्यक्रम हुन लागेको हो।
बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोग,नेपाल रेडक्रस सोसाइटी देवदह शाखा र उज्यालो लालटिन प्रतिष्ठानको सहयोगमा शिविर तथा रक्तदान कार्यक्रम हुन लागेको क्लबका अध्यक्ष कवि ज्ञावलीले जानकारी दिनुभयो।
आँखा शिविर बाट करिब ३०० जनाले लाभ लिने र रक्तदान कार्यक्रममा ३५ देखि ४० पोइन्ट रगत संकलन गर्ने लक्ष्य रहेको अध्यक्ष ज्ञवालीले बताउनुभयो।
बिक्रम सम्बत २०५७ सालमा क्लब स्थापना भएको क्लबले पछिल्लो समय निरन्तर रुपमा सामाजिक कार्यहरू गर्दै आएको क्लबका सचिव प्रीतम थापाले बताउनु भयो।यस अघि पनि क्लबले विभिन्न जनचेतना मुलक कार्यक्रम,भलिबल प्रतियोगिता,तिज गित प्रतियोगिता तथा रक्तदान तथा नि:शुल्क रुपमा शिविरहरु संचालन गर्दै आएको क्लबका सचिव थापाले बताउनुभयो ।
रक्तदान तथा आँखा शिविर कार्यक्रम बिहान ७ बजे देखि सुरु हुने क्लबले जनाएको छ।कार्यक्रममा उपस्थित भइ रक्तदान गर्न र आँखा शिविरमा भाग लिई लाभ लिन समेत क्लबले आग्रह गरेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij