बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

रुपन्देहीमा शारीरिक सुगठन खेलाडी छनाेट सम्पन्न

रुपन्देहीमा शारीरिक सुगठन खेलाडी छनाेट सम्पन्न

images
  • 228
    SHARES

  • images
    images
    images
    रुपन्देहीमा शारीरिक सुगठन खेलाडी छनाेट सम्पन्न
    images
    images
    images

    बुटवल।गण्डकी प्रदेशमा आगामी असोज अन्तिम साता हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रुपन्देही खेलकुद विकास समितिले शारीरिक सुगठन खेलका खेलाडी छनोट सम्पन्न गरेको छ। पोखरामा असोज २८ देखि कार्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि खेलाडी छनौट गरिएको रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले बताए । शनिवार रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य अर्जुन क्षेत्रीकाे संयाेजकत्वमा  जिल्ला खेलकुद विकास समितिकाे कभर्डहलमा छनाैट कार्यक्रम सम्पन्न भएको थियो ।  

     

    images
    images
    images

    No description available.

    राष्ट्रिय निर्णायकहरु क्रमशः शिबध्वज राई,केशव बहादुर शाक्य,राज कुमार श्रेष्ठ र सुरज श्रेष्ठले छनाैट कार्यक्रमकाे सहजीकरण गरेका थिए।  उक्त  छनाैट कार्यक्रममा पुरुष शारीरिक संगठन खेल तर्फ ५५ केजी बजन समुहमा भानुभक्त कठरिया, ६० केजीमा सुनिल आले, ६५ केजीमा अमित पंगेनी,७० केजीमा विजेन्द्रमान श्रेष्ठ, ७५ केजीमा सुरेश वहादुर दमाई, ८० केजीमा आकाश राना, हेभिवेट ८० केजीमाथि ताैल समूह विष्णु निषाद छनाैट भएका थिए।

     

    No description available.

    पुरुष स्पोर्टस फिजिक्स तर्फ १७० सेमी भन्दामाथि  गोविन्द थारु, पुरुष फिजिक्स .१७० सेमी मुनि एनोस थापा, खुला महिला मोडेल फिजिक्समा मन्जिता राजभण्डारी तथा खुलाा महिला शारीरिक सुगठन तर्फ  पुजा जिसी छनाैट भएकी थिइन्। राष्ट्रिय प्रतियोगितामा छनौट हुनका लागि जिल्ला छनौट चरण पार गर्दै प्रादेशिक प्रतियोगिताबाट समेत छनौट हुनुपर्ने केशव बहादुर शाक्यले बताए । तीन वर्ष अगाडि  सम्पन्न भएका ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा रुपन्देही जिल्लाले शारीरिक सुगठन खेलकाे सात बिध मध्ये २ स्वर्णसहित सात वटा पदक प्राप्त गरेको उनले बताए ।

     

    No description available.

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, भाद्र ४ २०७९०५:३१:२१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij