बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहको शितलनगरमा निर्मित सार्वजनिक शौचालय सुचारु:नि:शुल्क प्रयोग गर्न पाइने

देवदहको शितलनगरमा निर्मित सार्वजनिक शौचालय सुचारु:नि:शुल्क प्रयोग गर्न पाइने

images
  • 242
    SHARES

  • images
    images
    images
    देवदहको शितलनगरमा निर्मित  सार्वजनिक शौचालय सुचारु:नि:शुल्क प्रयोग गर्न पाइने
    images
    images
    images

    देवदह ।रुपन्देहीको देवदह नगरपालिका अन्तर्गत शितलनगर सोमबारे हाटबजारमा निर्मित शौचालय संचालनमा आएको छ।

    निर्माण सम्पन्न भए पश्चात् लामो समय बन्द रहेको शौचालय सोमबार देखि संचालनमा आएको छ।देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेलले एक कार्यक्रमका बिच उक्त शौचालय सुचारु गरेका हुन् ।यस अगाडीनै संचालनमा आउनुपर्ने शौचालय किन संचालनमा औं सकेन भनेर आफु निर्वाचित हुँदा देखिने चासो लिएको र शौचालय निर्माणका क्रममा भएको विवाद आन्तरिक रुपमा बसेर समाधान गरिने खरेलले बताउनु भयो। नि:शुल्क रुपमा शौचालय प्रयोग गर्न पाइने र सरसफाईका लागि सफाई कर्मिको समेत नगरपालिकाले व्यवस्थापन गर्ने नगर प्रमुख खरेलले बताउनु भएको छ। 

    images
    images
    images

    तत्कालीन जिविसको १५ लाख बजेट र अपुग रकम देवदह नगरपालिकाले तिर्ने गरि निर्माण भएको शौचालयको भुक्तानी पाउनुपर्ने रकम शौचालय निर्माण उपभोक्ता समितिले नपाएपछि ६ बर्ष देखि उक्त शौचालय प्रयोग बिहिन थियो।शौचालय निर्माण पश्चात् २४ लाख रकम खर्च भएको बिल निस्किए पछि नगरपालिका र शौचालय निर्माण उपभोक्ता समिति बिच हिसाबकिताब नमिले पछि शौचालय संचालनमा आउन सकेको थिएन ।

    सामाजिक संजाल,संचार माध्यम र आम सर्वसाधारणमा चासोको बिषय बनेको शौचालयको एक हप्ता अगाडि देवदह आवाज नामको समूहले टोडेको थोयो।शौचालय निर्माणका क्रममा प्रयोग भएको निर्माण सामाग्रीको रकम नपाएको भन्दै निर्माण व्यावसायीले भने असन्तुष्टि व्यक्त गरेका छन्। छिटो भन्दा छिउतो रकम भुक्तानी गर्न व्यावसायीहरुले आग्रह गरेका छन्। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij