गुराँस मिडिया । रुपन्देहीको देवदह नगरपालिका वडा नं. ७ शितलनगरमा संचालित सोमबारे हाटबजारको लागि निर्माण भएका नयाँ (सेड)टहरा सोमबार एक कार्यक्रमका बीच देवदह नगरपालिकाका प्रमुख ध्रुब प्रसाद खरेलले उद्घाटन गर्नु भएको छ।
तराइ मधेस समृद्धि कार्यक्रम अन्तर्गत करिव १ करोड १० लाख लागतमा निर्माण भएको टहराको उद्घाटन गर्दै नगर प्रमुख खरेलले टहरा निर्माण भए संगै हावा पानि छेकिने भएकाले अब निर्धक्कका साथ व्यावसाय गर्न सकिने बताउनुभयो।
नागरिक समृद्द हुनु भनेकै नगरको समृद्धि हुनु भएको बताउंदै नगर प्रमुख खरेलले निश्चित मापदण्ड अपनाएर उपभोक्तालाई असर नपर्ने गरि हात बजार संचालन गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो। बाँकी रहेको पानि ,विजुली लगायतका पूर्वाधार निर्माण सिघ्र सुचारु गरिने बताउंदै नगर प्रमुख खरेलले नगरको विकास निर्माणका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा देवदह नगरपालिकाकी उपप्रमुख बिद्यालक्ष्मी गुरुङ , प्रमुख प्रशासकिय अधिकृत प्रदीप पौडेल लगायतले बोल्दै निर्माण भएको हाटबजार व्यवस्थित ढंगले संचालन गर्न व्यवसायीहरूलाई अनुरोध गर्नुभएको थियो।
कार्यक्रममा देवदह नगरपलिकाका प्रवक्ता गणेश डुम्रे, वडा नं. ८ का वडा अध्यक्ष हरि पाण्डे, हाटबजार व्यवसायी, हाटबजार व्यवसाय संघका पदाधिकारी तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम देवदह नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षता, हाटबजार व्यवसायी संघ देवदहका अध्यक्ष मनिराम भण्डारीको स्वागत तथा नगरपालिकाका कर्मचारी सुनिल गिरिको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij