देवदह ।नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज देवदह नगर कमिटीको अध्यक्षमा आनबहादुर विश्वकर्मा निर्वाचित भएका छन् । देवदह ७ स्थित नेकपा एमालेको पार्टी कार्यालयमा भएको प्रथम भेलाबाट अध्यक्षमा आनबहादुर विश्वकर्मा निर्बिरोध निर्वाचित भएका हुन् । जस्कोउपाध्यक्षमा टिकाराम वि.क, कुमार परियार, डमकुमारी दर्जी, गोबिन्द पासी, मान सिङ्ग सुनार,सचिबमा संगिता बि.क र कोषाध्यक्ष ज्ञानु वराइली चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा टिकिसरा वि.क , परी बि.क , यमन सुनार, राकेश पासी , बाबुराम विश्वकर्मा, गेना पासी, विष्णु नेपाली, बलुमाया बोमरेल, श्याम बहादुर बि.क, रविन परियार, सुरज खाती, सुनिल कुमार सुनार, अभिषेक सुनार, सीता सुनार, कृष्ण माया सुनार, खुम बहादुर सुनार, रिता पासी, भगवती परियार चयन भएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का केन्द्रीय सचिव छबिलाल बिस्वकर्माले जातिय विभेद र पछौटेपनको अन्त्य गर्दै आत्मियता र आपसी सदभाव कायम गरि सुन्दर समाज निर्माणमा जुट्नु पर्ने समय आएको बताउनुभएको थियो । वहाले २१ औं शताब्दीमा आइसक्दा पनि हाम्रो समाजमा जातको कारण धेरैले ज्यान गुमाएको अवस्था रहेकाले यसलाई निर्मलिकरण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
प्रमुख अतिथी समेत रहनुभएका बिस्वकर्माले समाजमा जातिय उन्मुक्तिका लागि नेपाल उत्पीडित जातीय मुक्ति समाज नेपालले महत्त्वपूर्ण काम गर्दै आएको भन्दै यसलाई अझै गतिशील बनाएर काम गर्दै जान आग्रह समेत गर्नु भयो ।
रुपन्देही क्षेत्र नम्बर १ का निर्वाचित साम्सद समेत रहनुभएका बिस्वकर्माले जातिय विभेदरहित समावेशी देखाउन सक्ने पार्टी भनेको एमाले भएको र एमालेले नै हरेक क्षेत्रमा जातीय, महिला, मधेसी, जनजाति आदिलाई समानुपातिक सहभागितालाई जोड दिदै कार्यान्वयन समेत गर्दै आएको बताउनु भएको थियो ।
सम्मेलनमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि, अन्तराष्ट्रिय कबड्डी खेलाडी महेन्द्र सुनार,सहिद नर बहादुर नेपालीको परिवार,अंगिरा पासीको परिवार, दलित मुक्ती आन्दोलनमा योगदान पुर्याउने यम बहादुर बिकलाई सम्मान समेत गरिएको थियो । सम्मेलनमा कलाकार बाबुराम गन्धर्व, रबिन परियार र सुरज खातिले आफ्नो कला समेत प्रस्तुत गरेका थिए।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य एकराज विश्वकर्मा, नेकपा एमालेका क्षेत्रीय संयोजक बेद गिरी,नेकपा एमाले देवदह नगर कमिटीका अध्यक्ष टिकाराम चापागाई, नेपाल उत्पीडित जातिय मुक्ति समाजका जिल्ला अध्यक्ष दिपेन्द्र विश्वकर्मा, रामकुमार रणपाल लगायतले आ–आफना भनाई राख्नुभएको थियो ।
कार्यक्रम नेपाल उत्पीडीत जातीय मुक्ति समाजको क्षेत्र नम्बर १ का इन्चार्ज विकास गहतराजको अध्यक्षता धनबहादुर सुनारको स्वागत र दिपा सुनारको सञ्चालनमा भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij