बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह नगरपालिकामा कर्मचारीको प्रोत्साहन भत्ता कटौती

देवदह नगरपालिकामा कर्मचारीको प्रोत्साहन भत्ता कटौती

images
  • 245
    SHARES

  • images
    images
    images
    देवदह नगरपालिकामा कर्मचारीको प्रोत्साहन भत्ता कटौती
    images
    images
    images

    देवदह ।देवदह नगरपालिकाले कर्मचारीलाई दिँदै आएको प्रोत्साहन भत्ता कटौती गरेको छ । शुक्रबार बसेको १३१ औं नगर कार्यपालिका वैठकले कर्मचारीहरुले लिंदै आएको २० देखि ४० प्रतिशत प्रोत्साहन भत्तालाई कटौती गरि २० देखि २५ प्रतिशत सम्म दिने निर्णय भएको नगर प्रबक्ता गणेश डुम्रेले जानकारी दिनुभयो। 

    भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि २०७८ अनुसार देवदह ९ को कालिका टोलका ७८ घर परिवारको लागत संकलन नापजाँच तथा सबै प्रक्रिया पुरा भई जग्गा दर्ताको निर्णय भएकोले जग्गा धनि पूर्जा उपलब्ध गराउन राष्ट्रिय भूमि आयोग रुपन्देहीलाई सिफारिस गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ। 

    images
    images
    images

     

    भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्बन्धी कार्यविधि २०७८

    bhumiaayog kaaryabidhi.pdf :To download file click here

     

    त्यस्तै बैठकले देवदह नगरपालिकाको नगर गान र लोगो निर्माणका लागि प्रबक्ता गणेश डुम्रे संयोजक र वडा नम्बर १ का वडा अध्यक्ष दिपक नेपाल सह संयोजक रहने गरि ७ सदस्यीय नगर गान तथा लोगो निर्माण समिति गठन गरेको छ। समितिलाई लोगो तथा नगर गान निर्माणका लागि ६० दिन समय निर्धारण गरिएको छ। 

    बजार अनुगमनका लागि वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीको संयोजकत्वमा बजार अनुगमन समिति गठन गरिएको छ। यस्तै बैठकले देवदह क्षेत्रमा संचालित अटो रिक्सा संचालन तथा व्यवस्थापनक लागि वडा नम्बर ४ का वडा अध्यक्ष दमन नाथ रेग्मीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरिएको प्रबक्ता जानकारी दिनुभयो। 

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij