बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

लायन्स क्लब अफ देवदहको सातौं स्थापना दिवस सम्पन्न

लायन्स क्लब अफ देवदहको सातौं स्थापना दिवस सम्पन्न

images
  • 154
    SHARES

  • images
    images
    images
    लायन्स क्लब अफ देवदहको सातौं स्थापना दिवस सम्पन्न
    images
    images
    images

    देवदह।लायन्स क्लव अफ देवदहको सातौं स्थापना दिवस एक कार्यक्रमका बीच पाठक फुडल्याण्डमा सम्पन्न भएको छ ।
    स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि  लायन्स क्लब अफ ईन्टरनेसनल डिस्ट्रीक ३२५ पि नेपाल गभर्नर पि एम जे एफ नवराज न्यौपानेले मानवले मानवलाई सेवा गर्नुनै सबै भन्दा ठूलो सत्कर्म रहेको बताउनुभयो ।लायन्स क्लबले सामाजिक कार्य गर्ने क्लबको पहिचान बनाएको बताउँदै क्लबका पूर्व अध्यक्ष तथा पदाधिकारीलाई निरन्तर रुपमा सामाजिक कार्यमा जोडिन आग्रह गर्नुभयो ।साथै क्लबले गरेका सबै किसिमका सामाजिक कार्यहरूमा साथ र सहयोग रहने न्यौपानेले बताउनुभयो ।

    क्लबका अध्यक्ष बिष्णु प्रसाद ज्ञवालीले क्लबले लायन्स आँखा अस्पताल निर्माण गरेको र हाल क्लिनिक संचालन गरिरहेको बताउनुभयो ।हालै मात्र संचालन गरेको आँखा शिविर बाट १८ जना मोतिबिन्दु भएका बिरामी भेटिएको र नि:शुल्क शल्यक्रियाको व्यवस्था मिलाई उपचार गरिएको अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

    images
    images
    images

    कार्यक्रममा क्लवका संस्थापक,क्लबका पदाधिकारी,पूर्व अध्यक्ष तथा नयाँ सदस्यहरूकाे उपस्तिथि रहेकाे थियो । 
    कार्यक्रम संस्थाका पूर्व अध्यक्ष मन बहादुर क्षेत्रीको स्वागत र सचिव गणेश क्षेत्रीको संचालनमा सम्पन्न भएको थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    • आइतवार, भाद्र १२ २०७९१०:०९:२३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij