केशव पराजुली ,देवदह। राष्ट्रिय प्रजातान्त्रिक यूवा संगठनको आब्हान भष्ट्राचार मुक्त नेपाल हाम्रो अभियान भन्ने नाराका साथ राष्ट्रिय प्रजातान्त्रिक यूवा संगठन देवदहको एक भेलाले शनिवार कृष्ण सुनारी मगरको अध्यक्षतामा ६५ सदस्यीय समिति चयन गरेको छ । संगठनका अध्यक्ष धनराज भुर्तेलको अध्यक्षतामा भएको भेलाले उपाध्यक्षमा विकास गुरुङ्ग,शिव कुमार हरिजन, तिलु पुन सचिवमा कमल जैसी, सहसचिवमा कमल गुरुङ्ग,असोक केसी,प्रकास ज्ञवालीलाई चयन गरेको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा केन्द्रिय सदस्य तोयनाथ लम्सालले राप्रपा आगामी निर्वाचनमा राष्ट्रिय पार्टी हुने भन्दै सरकारमा सामेल हुने गरी सीट ल्याउने दावी गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका लम्सालले अग्रजहरुको सम्मान गर्दै यूवाहरुलाई राजनितिमा अगाडी बढाउनु आजको आवश्यक्ता रहेको जिकिर गर्नुभयो।
कार्यक्रममा राप्रपा देवदह अध्यक्ष माधव रिमाल,ओम बहादुर परियार, दुधनाथ यादव,शालिकराम चापागाई,ज्ञानु तिवारी,गंगाराम विक,झगरीलाल मरासिनी,निर्मला जिसी,राज कुमार श्रेष्ठ लगायतले आगामी निर्वाचनमा पार्टीलाई जिताउन हरसम्भव प्रयत्न गर्ने बताएका थिए । कार्यक्रम संगठनका जिल्ला सदस्य पारस अधिकारीको स्वागत तथा सुदिप पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij