बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

थारु बौद्ध समाज रुपन्देही जिल्ला समिति गठन

थारु बौद्ध समाज रुपन्देही जिल्ला समिति गठन

images
  • 156
    SHARES

  • images
    images
    images
    थारु बौद्ध समाज रुपन्देही जिल्ला समिति गठन
    images
    images
    images

    भैरहवा । थारु बौद्ध समाज केन्द्रीय समितिले आज रुपन्देहीमा पहिलो जिल्ला भेला सम्पन्न गरेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. २, पडसरीमा अवस्थित थारु कल्याणकारिणी सभाको जिल्ला सभाहलमा सो भेला सम्पन्न भएको हो ।

    भेलाले राज चौधरी(सैनामैना) को अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा रिता चौधरी(बुटवल), सचिव मनजीत चौधरी(तिलोत्तमा), सह-सचिव रिता चौधरी(तिलोत्तमा) र कोषाध्यक्ष कृष्ण कुमारी चौधरी(तिलोत्तमा) रहेका छन् । त्यस्तै सदस्यहरुमा चित्ररेखा चौधरी(बुटवल), केशब चौधरी(कोटहीमाई), सोमनाथ थारु(देवदह), अयोध्या चौधरी(देवदह), धनराज चौधरी(ओमसतिया), श्याम बहादुर थारु(ओमसतिया) र हरिचन्द्र चौधरी(शुद्धोदन) रहेका छन् र एक जना सदस्य कार्यसमितिको बैठकबाट निर्णय गरी मनोनित गरिने बताइएको छ । त्यसैगरी सल्लाहकारहरुमा सतिशकुमार चौधरी, बिजय बहादुर सिंह थारु, रेखाप्रसाद चौधरी, नरसिंह चौधरी र सरिता चौधरी रहेका छन् । 

    images
    images
    images

    उक्त भेलालाई नेपाल थारु राष्ट्रिय मंचका केन्द्रीय अध्यक्ष रेखाप्रसाद चौधरी, थारु कल्याणकारिणी सभा रुपन्देहीका अध्यक्ष सतिशकुमार चौधरी लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको उद्घाटन थारु कल्याणकारिणी सभा रुपन्देहीका अध्यक्ष सतिशकुमार चौधरीद्वारा कार्यक्रमको व्यानर वाचन गरेर गरिएको थियो भने समाजका केन्द्रीय उपाध्यक्ष रामकुमार चौधरीद्वारा बुद्ध बन्दना गराइएको थियो ।

    कार्यक्रम समाजका केन्द्रीय अध्यक्ष गोकुल थारुको सभाध्यक्षता, केन्द्रीय उपाध्यक्ष राजेन्द्र चौधरीको स्वागत र केन्द्रीय सचिव राजेश चौधरीको संचालनमा सम्पन्न भएको थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, भाद्र १५ २०७९०६:३९:५०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij