गुराँस मिडिया। दाङको राप्ति गाउँपालिकाले प्राथमिक तह अनुदान करार शिक्षक छनौटक लागि लिएको परिक्षामा सहभागी सबै फेल भएका छन्। ८८ जना सहभागी परिक्षाको प्रकाशित नतिजा अनुसार कुनै पनि उम्मेदवार सफल हुन सकेनन।
राप्ति गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा बाल शिक्षादेखि १० कक्षा सम्म नि:शुल्क शिक्षा कार्यान्वयनका लागि विद्यालयमा अपुग हुने अनुदान शिक्षक करारमा पदपूर्तिका लागि प्राथामिक ,आधारभूत र माध्यामिक शिक्षातर्फ बिभिन्न विषय गरि कुल ५० जना शिक्षकका लागि आवेदन खुल्ला गरेकोमा तीन चरणको सामान्य परिक्षामा प्रावी तहको परिक्षामा सबै परिक्षार्थी फेल भएका छन्।
गाउँपालिकाले ३ जना शिक्षक माग गरेकोमा ९६ जनाले आवेदन दिएका दिएका थिए भने ८८ जना परिक्षामा सहभागी भएका थिए। परिक्षा दिएकामध्ये सबै जना असफल भएको गाउँपालिका शिक्षा ,युवा तथा खेलकुद विकास शाखा प्रमुख तथा परिक्षा समितिका सदस्य सचिब विश्वास विकले जानकारी दिएका छन्। परिक्षा आदर्श नमुना मावि लालमटियामा भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij