तिलोत्तमा। तिलोत्तमा नगरपालिकामा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित वसोबासिहरुका लागि जग्गा नाप जांच सुरु भएको छ। भूमि आयोगले तिलोत्तमा नगरपालिकामा वडा नम्बर ११ मा बुधबारदेखि जग्गा नाप जांचको काम सुरु गरेको हो।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख राम कृष्ण खाँणले नगरपालिकामा भूमिहीन सुकुम्बासीको समस्या समाधानलाई प्राथमिकता दिएर उनीहरुलाई जग्गाको स्वामित्व प्रदान गर्न जग्गाको नापजांच सुरु भएको बताउंदै आयोगको काममा नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरे। उनले भूमिहीनलाई जग्गाको स्वामित्व प्रदान गरिने र सार्वजनिक जग्गाको संरक्षणमा पनि नगरपालिकाले उत्तिकै महत्व दिएको बताए।
नगर प्रमुख खाँणले वडामा खटिने आयोगका कर्मचारीलाई सहयोग गर्न पनि वडा अध्यक्ष तथा सदस्यहरुलाई आग्रह गरे। त्यस्तै भूमि आयोगका रुपन्देही अध्यक्ष हरि बहादुर आचार्य क्षेत्रीले आयोगले तिब्र गतिमा काम गर्ने बताउंदै त्यसमा सहयोग गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरे।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij