देवदह। देवदह नगरपालिका वडा नम्बर ५ ले हाल तिब्र रुपमा फैलिरहेको डेंगु रोग नियन्त्रणका लागि वडामा क्रियाशील टोल विकास संस्थाका पदाधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रबक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष गणेश डुम्रेले हरेक हप्ताको शनिबार गरिने सरसफाई कार्यक्रम अन्तर्गत यो हप्ता डेंगु सम्बन्धि सचेतना सहित सरसफाई कार्यक्रम गरिएन बताउनुभयो। वडा नम्बर ५ ले १०० दिनमा गरेको कामको विवरण उल्लेख गर्दै अध्यक्ष डुम्रेले आफ्नो वार्डमा कोहि पनि सेवाग्राही काम नभएर फर्कनु पर्ने समस्या नहारेको बताउनुभयो। वडावासी सहजताका लागि निशुल्क फोटोकपीको व्यवस्था गरिएको,बिभिन्न निवेदन शुल्क न्युनतम गराइएको वडा कार्यलयको काम चुस्त दुरुस्त सरल र सहज बनाइएको वडा अध्यक्ष डुम्रेले बताउनुभयो।
डेंगु रोग कसरी फैलन्छ?नियन्त्रणका उपायहरु के हुन्छ भन्ने बिषयमा चिकित्सक रोशन चौधरीले सचेतना मुलक प्रशिक्षण दिनुभएको थियो। पोथी लामखुट्टेको टोकाई बाट यो रोग लाग्ने भएकोले लामखुट्टेको टोकाई बाट बच्नुनै यसको मुख्य उपाय रहेको चिकित्सक चौधरीको भनाई थियो। साथै आफ्नो घर टोल ,छरछिमेक वर पर पानि जम्न नदिने र सरसफाईमा बिशेष ध्यान दिन समेत उंहाले आग्रह गर्नुभयो।
यसै गरि देवदह स्वास्थ्य चौकीका प्रमुख दिलेश्वर श्रेष्ठले विगतमा कोरोना महामारी फैलिएको उदाहरण दिंदै समयमै कोभिडको भ्याक्सिन आएको कारण थप क्षेति नभएको बताउनुभयो। डेंगु बाट बच्नका लागि पनि बेलैमा सचेत भएर लाग्नुपर्ने श्रेष्ठको भनाई थियो। डेंगु एडिज जातको
लामखुट्टेको टोकाई बाट लाग्ने बताउंदै श्रेष्ठले यस्तो प्रजातिको लामखुट्टेको बृद्दि विकास हुन नदिनुनै यस बाट बच्ने उत्तम उपाय रहेको बताउनुभयो।
कार्यक्रममा बाल समूह गठन,कृषक समूह गठन,सामाजिक सुरक्षा नवीकरण लगायतको बिषयमा समेत छलफल भएको थियो। साथै कार्यक्रममा देवदह नगरपालिकाले आयोजना गरेको तिज गित प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने विजेता टिमलाई सम्मान समेत गरिएको थियो ।
यी हुन देवदह ५ को सुरुवाती १०० दिनको काम
१.भुमी सम्बन्धि काम प्रभावकारी २७१ घर परिवारको पुर्जाको काम अन्तिम तयारीमा
२. वडा कार्यलयको काम चुस्त दुरुस्त सरल र सहज
३. टोल बिकास संस्था पुर्नगठन
४. खाल्डाखुल्डी पुर्ने आशिक काम
५. फोटो कपि निशुल्क , निबेदनका ढाचा निशुल्क उपलब्ध गराइएको छ।
६. केरवानी मा बि प्रा बि तहमा निशुल्क शिक्षा
७. बिधुतको समस्या केही हद सम्म समाधान ( समग्र वडाको बिधुत सर्वेको काम सप्पन्न भै पोल बिधुत तार , ट्रान्सर्फमर आउने क्रममा )
८.पुर्ण सरसफाइ युक्त वडा अभियान सुरुवात
९. बालमैत्री अभियान सुरुवात
१०. देवदह -५ अन्तरगत रहेको देवदह स्वास्थ्य चौकीमा देवदह नगरपालिकाको संयोजनमा छिट्टै अस्पताल संचालन गर्ने योजना अनुरुप तयारी हुदैछ ।( तत्काल देवदह स्वस्थ्य चौकीको पुर्वाधारमा नै संचालन तयारी )
११. देवदह नगरपालिका र वडा कार्यलयको सक्रियता र सहजीकरण मार्फत लुम्बिनी प्रदेश स्तरीय स्वास्थ्य तालिम केन्द्र संचालनमा
१२.बिपदको जोखिममा रहेको शान्ती टोलाको खोला च्यानलाइज गर्ने काम
१३. शान्ती टोल अन्तरगत कजरार नदिको ३६ मिटर भाग पाल्पा सिमेन्टको सहजीकरणमा तटबन्धन काम
१४. बिगतको आर्थिक बर्षका चालू योजना प्रभावकारी रुपमा
सम्पन्न ।
१५. विभिन्न ब्यवसयिक तालिम सुरुवात ( हाल पशुपालन तालिम चलिरहेको छ)
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij