देवदह। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। जस अन्तर्गत देवदह नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत बिद्यालय बाट परिक्षा दिएका परिक्षार्थी मध्ये ग्रीनप्लान्ट आवासीय मा वि की मीरा कार्की देवदह नगरपालिका प्रथम हुन सफल भएकी छन्। कार्कीले ३.६१ जिपिए ल्याएर नगरपालिका प्रथम भएको विद्यालयका प्रधानाध्यापक राजिब सापकोटाले जानकारी दिनुभयो।
विद्यालय बाट कक्षा १२ को परिक्षामा १२५ जना बिद्यार्थी सहभागी थिए। जस मध्ये १० जना विद्यार्थीले A ग्रेड प्राप्त गरेको प्रधानाध्यापक सापकोटाले बताउनुभयो। यस अघि सार्वजनिक भएको एस.ई.ईको नतिजामा उत्कृस्ट नतिजा ल्याउने २२ जना विद्यार्थी मध्ये १२ जना विद्यार्थी ग्रिनप्लान्ट आवासीय मा विको रहेका थिए।
परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij