देवदह । पाल्पा जिल्लाको माथागढ़ी गाउँपालिका ५ का २९ बर्षीय प्रकाश आले सम्पर्क बिहिन भएका छन्। ढाई बर्ष अघि रोगजारीको सिलसिलामा साउदी अरब गएका आले ६ महिना देखि सम्पर्क बिहिन भएका हुन्।
श्रीमान सम्पर्क बिहिन भए पछि छोराछोरी पढाउनका लागि पाल्पा बाट देवदह आएकी पुजा आलेको बिचल्ली भएको छ।पछिल्लो ६ महिनाको बिचमा एक पटक सम्पर्कमा आएको तर कुराकानी हुन नसकेको २९ वर्षीय पूजाले बताइन।
श्रीमान यहि दशैंमा घर फर्कीने कुरा भएको तर एकाएक सम्पर्क बिहिन हुँदा घर खर्च चलाउन र छोराछोरी पढाउन समेत गाह्रो भएको पुजाले बताइन। ६६ बर्षीय ससुरा र २ छोराछोरीको लालनपालनको समेत जिम्मेवारी आफ्नो काँधमा आएको र हराएको श्रीमानलाई यथासिघ्र खोजि गरिदिन उनले आग्रह गरेकी छिन।
उनको परीवारमा ससुरा ६६ बर्षीय बहादुर आले, १ छोरी र एक छोरा छन् । प्रकाश परीवारबाट सम्पर्क बिहिन हुँदा उनको परीवार विगत ६ महिना भन्दा बढि सयम देखि पीडामा छ । पुजाको परीवारले प्रकाशको खोजी कार्याको लागि अपिल गरेको छ ।
पुजा आले
सम्पर्क नम्बर:९८०४४८९६४२
प्रकाश आले,साउदी:९६६५७२९३५५१३
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij