बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

रुपन्देही क्षेत्र नम्बर १ 'क' मा १३ जनाको नाम सिफारिस,'ख' बाट न्यौपाने सर्वसम्मत

रुपन्देही क्षेत्र नम्बर १ 'क' मा १३ जनाको नाम सिफारिस,'ख' बाट न्यौपाने सर्वसम्मत

images
  • 360
    SHARES

  • images
    images
    images
    रुपन्देही क्षेत्र नम्बर १ 'क' मा १३ जनाको नाम सिफारिस,'ख' बाट न्यौपाने सर्वसम्मत
    images
    images
    images

    देवदह। मंसिर ४ गते हुने निर्बाचनमा रुपन्देही क्षेत्र न १ 'क' मा प्रदेशसभा सदस्यका लागि नेकपा एमालेको तर्फ बाट १३ जनाको नाम सिफारिस भएको छ। प्रदेशसभा सदस्यका लागि हालका सांसद डाक्टर कृष्ण न्यौपाने सहित हिरा केवट,कविराम अर्याल,ऋषिराम सापकोटा ,कृष्ण पौडेल,प्रकाश अर्याल,टीका न्यौपाने,सुनिल कौशल ,नर सिंह चौधरी,भगवती चौधरी,ओम प्रकाश न्यौपाने,बुद्धि सागर भट्टराई र घनश्याम भण्डारीको नाम सिफारीस भएको हो। 

    सहमति भए जिल्ला बाट र नाम टुंगिन नसके सिफारिस भएका नाम प्रदेशमा पठाइने एमाले निकट स्रोतले जनाएको छ। 

    images
    images
    images

    त्यस्तै क्षेत्र नम्बर १ 'ख' का लागि नेकपा एमालेका केन्द्रिय सदस्य दधिराम न्यौपाने  एकल उम्मेदवार सिफारिस भएका छन्।
    आज सम्पन्न प्रदेश सभा निर्बाचन क्षेत्रीय समन्वय कमिटीको बिस्तारित बैठकबाट उनको मात्रै नाम सर्बसम्मत रुपमा सिफारिस भएको हो।

    जिल्ला कमिटीका सदस्य तथा प्रदेश निर्बाचन क्षेत्रका संयोजक हिमाल पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकले मंसिर ४ गते हुने निर्बाचनमा रुपन्देही क्षेत्र न १ को २ बाट न्यौपानेको मात्रै नाम सिफारिस गरिएको एमालेले जनाएको छ।

    न्यौपाने २०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार भई एमालेको समर्थनमा निर्वाचित भएका थिए।

    नेकपालाई सर्वोच्च अदालतले एमाले र नेकपा माओवादी केन्द्र बनाई दिएपछि नेकपा एमालेमै बसेका न्यौपानेलाई माओवादी केन्द्रको संसदीय दललले प्रदेशसभा सदस्यबाट हटाउन पत्र लेखेपछि लुम्विनी प्रदेशका सभामुखले पदमुक्त गरेका थिए।

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, भाद्र १८ २०७९०८:४९:२८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij