देवदह । रुपन्देहीको देवदहमा अवस्थित सगरमाथा आवासीय माध्यामिक विद्यालयले कक्षा १२ को वार्षिक परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । सो सम्मान कार्यक्रममा सगरमाथा आवासीय माध्यामिक विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले उत्तीर्ण विद्यार्थिहरुलाई बधाई दिदै सगरमाथामा अध्ययन गरी उत्तीर्ण भएका विद्यार्थिहरुले समाजको हरेक क्षेत्रमा स्थापित हुन सक्षम भएको बताउनुभयो। साथै विद्यार्थिको तर्फबाट अनिता क्षेत्री, बादल पाण्डे र स्मृति नेपालीले आ-आफ्ना अध्ययनको अनुभव समेटेर विद्यालयप्रति धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा +2 का विभिन्न संकायमा अध्यापन गर्नुहुने शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो। उक्त कार्यक्रम सगरमाथा आवासीय माध्यामिक विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता , सह प्राचार्य प्रदिप अधिकारीको शुभकामना मन्तव्य सहित बि.बि.एस संकायका संयोजक विमल तिवारीको स्वागत र इ.सि.ए संयोजक भिमा गुरुङ्गको सञ्चालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij