बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

तिनाउ गाउँपालिकाद्वारा सय दिनको प्रगति विवरण सार्वजनिक

तिनाउ गाउँपालिकाद्वारा सय दिनको प्रगति विवरण सार्वजनिक

images
  • 311
    SHARES

  • images
    images
    images
    तिनाउ गाउँपालिकाद्वारा सय दिनको प्रगति विवरण सार्वजनिक
    images
    images
    images

    दोभान। पाल्पाको  तिनाउ गाउँपालिकाले १ सय दिनमा भएको प्रगति विवरण सार्वजनिक गरेको छ। बिहिबार गाउँपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै निर्वाचित भए पछिको १ सय दिनको कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो। पालिका अध्यक्ष प्रेम श्रेष्ठले प्रगति विवरण सार्वजनिक गर्दै "समृद्द तिनाउ बनाउन लागिपरेको बताउनुभयो। 

    कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि,जनप्रतिनिधि,कर्मचारी पत्रकारहरुको सहभागिता रहेको थियो। कार्यक्रम उपाध्यक्ष लाल बहादुर थापाको स्वागत र प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो।   

    images
    images
    images

    यी हुन तिनाउ गाउँपालिकाको १ सय दिनको प्रगति विवरण (बुदा सहित)

    १)गाउँपालिकाको पन्च बर्षिय आबधिक योजना निर्माण सम्पन्न गरिएको छ।
    २)गाउँपालिकाको राजश्व सुधार योजना निर्माण गरिएको छ।
    ३)एउटा गाउँसभा र नौ वटा गाउँकार्यपालिकाको बैठक सम्पन्न भएको छ।
    ४)तिनाउ गाउँपलिका क्षेत्र भित्र स्थायी बसोबास भएका कुनै आकस्मिक दुर्घटना परी घाइते भएमा र महिलाहरुलाई प्रसुतिका लागि पाल्पा र रुपन्देही जिल्लाका जिल्लाका अस्पतालसम्म पुर्याउन गाउँपालिकाले अनुदान स्वरुप एम्बुलेन्स/गाडी भाडा रकम राहत स्वरुप उपलब्ध गराउने व्यवस्था गरिएको छ।
    ५)तिनाउ गाउँपालिका भित्रका लिफ्टिङ्ग खानेपानी उपभोक्ताहरुलाई विद्युत महशुल विद्युत प्राधिकरणलाई तिरेको विलको आधारमा २५ प्रतिशत अनुदान स्वरुप राहत उपलब्ध गराउने व्यवस्था गरिएको छ।
    ६)तिनाउ गाउँपालिकामा संचालन हुने योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गर्न गाउँपालिकाको उपाध्यक्षको संयोजकत्वमा ५ सदस्यीय समिती गठन गरिएको छ।
    ७)स्थानीय सरकार संचालन ऎन २०७४ को दफा ६६ बमोजिम गाउँपालिका अध्यक्षको संयोजकत्वमा स्रोत अनुमान तथा बजेट निर्धारण समिती गठन गरि कार्यन्वयनमा ल्याइएको छ।
    ८)तिनाउ गाउँपालिकाको राजश्व व्यवस्थापन गर्न उपाध्यक्षको संयोजकत्वमा राजश्व परामर्श समिति गठन गरि कार्यन्वयनमा ल्याइएको।
    ९)स्थानीय सरकार संचातलन ऎन २०७४ बमोजिम उपाध्यक्षको संयोजकत्वमा बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन गरि कार्यन्वयनमा ल्याइएको छ।

    १०)स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८ बमोजिम पम्फा मगरको संयोजकत्वमा आर्थिक विकास समिति,तुल बहादुर आलेको संयोजकत्वमा सामाजिक विकास समित,टोम बहादुर पुनको संयोजकत्वमा पूर्वाधार विकास समिति,चित्र बहादुर थापाको संयोजकत्वमा वातावरण तथा विपद व्यवस्थापन समिति,इन्द्र कुमारी चिदीको संयोजकत्वमा संस्थागत विकास तथा सुशासन समिति,यादव प्रसाद अर्यालको संयोजकत्वमा विद्यायन समिति गठन गरि गाउँ सभा सुरु हुन भन्दा अगावै समितिको बैठक राखि समितिको सिफारिस बमोजिम निर्णय गरि कार्यन्वयनमा ल्याइएको छ।

    ११)नेपालको संविधान धारा २१७,स्थानीय सरकार संचालन ऎन २०७४ दफा ४६ बमोजिम उपाध्यक्षको संयोजकत्वमा न्यायीक समिति गठन गरि कार्यन्वयनमा ल्याइएको छ।

    १२)स्थानीय सरकार संचालन ऎन २०७४ को दफा २२ बमोजिम वडा अध्यक्ष श्री टोम बहादुर पुनको संयोजकत्वमा लेखा समिति गठन गरि कार्यन्वयनमा ल्याइएको छ।

     

    १३) तिनाउ गाउँपालिकाको एघारौँ गाउँसभाबाट पारित आव २०७९/०८० को बार्षिक नीति तथा कार्यक्रम सरोकारवाला र सर्वसाधारणको जानकारीको लागि सर्वजनिकरण गरिएको छ। 
    १४)आव २०७८/०७९ को अन्तमानै सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ। 
    १५)तिनाउ गाउँपालिकाका भित्रका जग्गाहरुको न्युनतम मुल्यांकन दरलाई परिमार्जित गरी समसामयिक डर कायम गर्न मालपोत कार्यालय पाल्पामा सिफारिस गरिएको छ। 
    १६)तिनाउ गाउँपालिकाको आव २०७८/०७९ को शाखागत बार्षिक प्रगति समिक्षाअ सम्पन्न गरियो। 
    १७)नेपालीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गाउँ स्तरीय अन्तर वडा तिज गित तथा नृत्य प्रयोगिता भव्यताका साथ् सम्पन्न गरियो। 
    १८)आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बजेटमा गाउँपालिकाको  पूर्वाधार विकास साथै थप सामाजिक सेवा र सुरक्षाका कार्यक्रमहरु निम्न अनुसार अगाडी सारिएको छ। 
    क) विपत व्यवस्थापन,महामारी रोकथाम नियन्त्रणका लागि विपत व्यवस्थापन कोषमा ५० लाख विनियोज गरिएको छ। 
    ख)खानेपानी जस्ता आधारभूत आवश्यकता परिपूर्ति गर्न विगत बर्षमा अधुरा रहेका चिउरे पानी खानेपानी आयोजना,हरियाली खानेपानी आयोजना,शिखर डांडा खानेपानी आयोजना लगायतका आयोजनाहरु यस आवमा पुरा गर्न आवश्यक १ करोड ३२ लाख रकम विनियोजन गरिएको छ। 
    ग)स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै स्वास्थ्य कार्यक्रमका लागि ६५ लाख विनियोजन गरिएको छ। 
    घ)शैक्षिक गुणस्तर सुधार तथा शैक्षिक गतिबिधि संचालनका लागि समानीकरण तर्फ शिक्षा कार्यक्रममा १ करोड ३३ लाख विनियोजन गरिएको छ। 

    ङ)बालमैत्री अभियानलाइ द्रुत गतिमा संचालन गर्न तिनाउ गाउँपालिकाको बालबालिकाको बस्तुगत विवरण तयारी लगायत कार्यक्रम संचालनका लागि २० लाख विनियोजन्न गरिएको छ। 
    च)आर्थिक विकासको मूख्य पाटोको रुपमा रहेको गाउँपालिकास्तरीय कृषि विकासतर्फ ४५ लाख पशु विकास तर्फ ३० लाख विनियोजन गरिएको छ। कृषि र पशुमा गरिने लगानी बाट रोजगार सृजना भई आत्मनिर्भर अर्थतन्त्र निर्मन्न हुने अपेक्षा गरिएको छ। 
    छ)युवा स्वोरोजगार सिर्जना गर्न कृषि तथा पशु उद्यमशीलता विकास साझेदारी कार्यक्रम संचालन गर्न १ करोड बिनियोजन गरिएको छ। 
    १९) राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च बनाउदै सेवाप्रवाहलाई प्रभावकारी बनाउन संघीय सरकार र लुम्बिनी प्रदेश सरकारले गरेको तलब बृद्दि अनुरुप २०७९ श्रवन १ गते देखि लागू हुने गरी सबै राष्ट्रसेवक र करार सेवामा कार्यरत कर्मचारीको तलबमानमा १५ प्रतिशतले बृद्दि गरिएको छ। 
    २०)तिनाउ गाउँपालिकालाई पाल्पा जिल्लामै पहिलो कोभिड १९ विरुद्दको पोर्नाखोप युक्त गाउँपालिका घोषणा गरिएको छ। 
    २१)१६ महिना देखि २३ महिनाका बालबालिकाहरुले पाउनु पर्ने सम्पूर्ण खोपहरु पाएको निर्देशिका बमोजिम सम्पूर्ण पर्क्रियाहरु पुरा गरी पूर्ण खोप युक्त गाउँपालिका सुनिश्चिता घोषणा गरेको। 
    २२)दोभान स्वास्थ्य चौकीमा निशुल्क मोतीबिन्दुको अपरेशन शिविर सम्पन्न गरेको 
    २३)गाउँपालिका कार्यालय,वडा कार्यालयहरु तथा स्वास्थ्य संस्था हरुको एकीकृत रुपमा सार्वजनिक सेवा प्रवाह बडापत्र राखिएको छ। 
    २४)आब २०७९/०८० को नीति तथा कार्यक्रमका लागि प्रत्यक्ष रुपमा राय,परामर्श तथा सुझाव संकल गर्न सर्वदलिय र सर्व पक्षिय उपस्थितिमा अन्तक्रियात्मक कार्यक्र गरिएको छ। 
    २५)कर्मचारीको मनोबल उच्च पार्दै कार्य सम्पादनमा थप हौसला र प्रेरणा प्रदान गर्नका लागि गाउँसभामा बिभिन्न बिषयगत क्षेत्रका कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ। 
    २६)स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित भई तिनाउ गाउँपालिकाको विकास र सम्रिद्दीको मार्ग चित्र कोर्नु भएका निवर्तमान जनप्रतिनिधिहरुलाई सफल एवम सक्रिय ५ बर्षे कार्यकाल पुरा गर्नु भएकोमा सम्मान तथा विदाई कार्यक्रम गरिएको छ। 
    २७)नवनिर्वाचित जनप्रतिनिधिहरु र कर्मचारी बीचमा सुमधुर सम्बन्ध र सहकार्यका लागि परिचय तथा अन्तक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ । 
    २८)तिनाउ गाउँपालिकाका ३,४,५  र ६ वडा भवन निर्मन्न सम्पन्न गरी आवश्यक फर्निचर फर्निसिंग व्यावास्थापन्न गरी नया वडा भवन बाट सेवा सुचारु गरिएको छ। 
    २९)भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबसिका लागि जग्गा व्यवस्थापन गर्न राष्ट्रिय भूमि आयोग र तिनाउ गाउँपालिका बीच सम्झौता भै विवरण वार्ड बाट संकलन सुभारम्भ गरिएको छ। 
    ३०)तिनाउ गाउँपालिकाको कार्यालयमा स्वास्थ्य मापदण्ड अनुरुप स्तनपान कक्ष र पोषण कर्नर स्थापना गरिएको छ। 
    ३१)तिनाउ गाउँपालिकाको अन्तरिक नियन्त्रण प्रणाली निर्देशिका २०७९ पारित गरी कार्यन्वयन गरिएको छ। 
    ३२) डुम्रे चकल्दी कुसूमखोला सडक खण्ड र घोडेवासमा अविरल बर्षातले सडकमा क्षेति पुर्याएको हुँदा तत्कालै उक्त स्थानहरुमा थुप्रिएका ढुंगा मिस्कटहरु व्यवस्थापन गरी सडकको थप क्षेति तथा बस्ति क्षेति हुन् बाट जोगाइएको छ। 
    ३३)तिनाउ गाउँपालिकाका अन्तर्गत कक्षा १२ संचालित विद्यालयका २१ किशोरीहरुलाई आत्मरक्षा सम्बन्धि तालिम सम्पन्न गरिएको छ। 
    ३४) कृषिमा आधुनिकरण प्रविधिलाई प्रोत्साहन गरी कृषि उत्पादनमा बृद्दि गर्न ५० प्रतिशत अनुदानमा ८४ जना कृषकहरुलाई मिनीटिलर  वितरण गरिएको छ। 
    ३५)तिनाउ गाउँपालिकाको कार्यालय सुरु हुने समय बिहान ठिक १० बजे राष्ट्रिय गान बजाउने गरिएको छ। 
    ३६)तिनाउ गाउँपालिका भित रहेका सहकारी संस्थाहरुका व्यवस्थापकहरुलाई सूचान्न प्रणालीको तालिम सम्पन्न  गरिएको छ। 

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, भाद्र २३ २०७९०९:०४:०८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij