बुटवल ।बुटवल उपमहानगरपालिकाले ३ दिन भित्र सडकको क्षेत्राधिकार भित्र रहेका संरचना हटाउन अनुरोध गरेको छ। बुटवल उपमहानगरपालिकालाई सफा सुन्दर र बस्न योग्य बनाउनका लागि संरचना हटाउन लागिएको सूचनामा उल्लेख गरिएको छ।
गोलपार्क देखि योगिकुटी,रामनगर देखी तामनगर सम्म र भित्री सडकहरु समेतमा सडकको क्षेत्राधिकार,सडक पेटि चोक चौराहामा अव्यवस्थित रुपमा रहेका ठेला,टंकी,बजार,निर्माण सामाग्री,सवारी पार्किङ,वर्क सप लगायतका सामानहरु सूचना जारी भएको मिति देखि ३ दिन भित्र खाली गर्न अनुरोध गरिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij