केशव पराजुली। 'जनताको साथमा काङ्ग्रेस ' कार्यक्रम भ्रम निवारणको लागि सही सावित भएको शुक्रवार रुपन्देहीको देवदहमा एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाली काङ्ग्रेस देवदह १० को आयोजनामा जनताको साथमा नेपाली काँग्रेस कार्यक्रमका वक्ताहरुले उक्त कुरा बताएका हुन । नेपाली काँग्रेस देवदह वडा समिति सभापति रेनुका आले मगरको अध्यक्षतामा भएको कार्यक्रममा एमालेको हावादारी कुराहरु पत्याउन नहुने भन्दै दिगो शान्ति र समृद्धिका वलमा सुशासन कायम गर्न सकिने बताएका थिए ।
प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन २०७९ का लागि नेपाली काँग्रेस अभियानलाई सम्बोधन गर्दै नेपाली काँग्रेस केन्द्रिय सदस्य गंगा शाहीले नेपाली काँग्रेसले महिलालाई अगाडी बढाउन चाहेको भन्दै आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन सबै एक ढिक्का भएर लाग्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा महासमिती सदस्य तथा देवदह १०का अध्यक्ष यक बहादुर सुनार, महासमिति सदस्य महेश केसी, क्षेत्रिय सभापति हिरा बहादुर खत्री,जिल्ला सदस्य डिल्लीराज मरासिनी, सुरेश राना, जित बहादुर परियार लगायतले मन्तब्य राख्नु भएको थियो । नेपाली काँग्रेस वडा उपसभापति गोविन्द बहादुर रानाको स्वागत तथा वडा सचिव दिल बहादुर थापाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij