देवदह। देवदह नगरपालिकामा वडा स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बाल दिवसको अवसरमा देवदह नगरपलिका वडा नं ५ ले उक्त प्रतियोगिता आयोजना गरेको हो। यो वर्षको बाल दिवसको राष्ट्रिय नारा"बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार" भन्ने शिर्षकमा प्रतियोगिहरुले प्रस्तुति राखेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै देवदह नगरपालिकाका नगरप्रमुख धुर्व प्रसाद खरेलले आफुहरुले आफ्नो कार्यकालमा कुनै पनि हालतमा देवदह नगरलाई बालमैत्री बनाउने बताए। कार्यक्रमकि बिशिस्ट अतथी देवदह नगरपालिका नगर उपप्रमुख बिद्या लक्ष्मी गुरुङ्गले आफुहरुले बालबालिकाको क्षेत्रमा लामो समयदेखी काम गर्दै आएको र आगामी दिनमा पनि बालबालिकालाइ सङ्गै लगेर हरेक क्षेत्रमा बाल अधिकारको सुनिश्चित गर्ने र बाल सहभागीता गराउने कुरा बताइन । प्रतियोगितामा न्यु लुम्बिनी बोर्डिङ्ग स्कुलकी छात्रा बिष्णु पौडेल प्रथम, मदर टङ्ग्स एकेडेमीकि छात्रा दिब्या सुनार द्वितीय, केरवानी माबी कि संस्कृति घर्ती तृतीय र देवदह बुद्ध पब्लिक आवसिय माबिका छात्र सुबोध पन्थ सान्तवना भएका छन । कार्यक्रम देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रेको अध्यक्षता, देवदह नगरपलिकाका नगरप्रमुख धुर्व प्रसाद खरेलको प्रमुख आतिथ्यता र देवदह नगरपलिका वडा नं ५ कि वडा सचीव अरुणा भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij