बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

कोलिय देवदह सहकारीको देउराली सेवा केन्द्रको साधारणसभा सम्पन्न

कोलिय देवदह सहकारीको देउराली सेवा केन्द्रको साधारणसभा सम्पन्न

images
  • 174
    SHARES

  • images
    images
    images
    कोलिय देवदह सहकारीको देउराली सेवा केन्द्रको साधारणसभा सम्पन्न
    images
    images
    images

    कोलिय देवदह सहकारीको देउराली सेवा केन्द्रको साधारणसभा सम्पन्न देवदह।'पाउरोटी खानका लागि' शुरुवात भएको सहकारी अहिले 'सबैको लागि एक' एकको लागि सबै सावित भएको शनिवार एक कार्यक्रम विच लुम्बिनी प्रदेश बचत संघका महासचिव ऋषिराम सापकोटाले बताउनु भएकोे छ । देवदह कोलिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं साधारण सभा अन्तर्गत देउराली सेवा केन्द्र स्तरिय कार्यक्रममा वहाँले उक्त कुरा बताउनु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित संस्थाको देउराली सेवा केन्द्र प्रदिपनगरमा आयोजित कार्यक्रममा संस्थाका प्रमुख सल्लाहाकार समेत रहेका सापकोटाले सहकारीको माध्यमबाट प्रशिक्षित गरेर ब्यावसायमा लगाउने काम भएकोमा धन्यवाद ब्याक्त गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी सापकोटाले बहुउद्देश्यीय सहकारीमा रहेको विकृति विसंगतिका रुपमा रहेको रकम संकलन गरी पलायत हुने प्रवृति रोकिनु पर्नेमा जोड दिनु भयो । FB_IMG_16628151554906916.jpgदेउराली सेवा केन्द्रका संयोजक तथा संस्थाका सदस्य पिताम्बर खरेलको अध्यक्षतामा भएको साधारण सभामा अध्यक्ष, महासचिव, कोषाध्यक्षको प्रतिवेदन पारित गरिएको थियो । उक्त साधारण सभाले ३० जना साधारण सभा प्रतिनिधी एवम निर्वाचन निर्देशिका पारित गरेको छ । देउराली सेवा केन्द्र व्यवस्थापन उपसमिति सदस्य राजुमान गुरुङको स्वागत तथा ब्यवस्थापक बुद्धिसागर अर्यालको संचालनमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णु प्रसाद पौडेल, कोषाध्यक्ष प्रजापति सापकोटा, जयकिसन अधिकारी,डिल्लीराज भण्डारी लगायतले मन्तब्य राख्नु भएको थियो

    images
    images

    लुम्बिनी पाना

    • शनिवार, भाद्र २५ २०७९०६:५१:५८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij