बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

नेपाल नगरपालिका कर्मचारी एशोसियसनको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न

नेपाल नगरपालिका कर्मचारी एशोसियसनको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न

images
  • 309
    SHARES

  • images
    images
    images
    नेपाल नगरपालिका कर्मचारी एशोसियसनको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न
    images
    images
    images

    काठमाडौँ, २६ भाद्र ।“स्थानीय सेवा स्थानीय सरकार, सुशासनका लागि ट्रेड यूनियन अधिकार” भन्ने मूल नाराका साथ नेपालभरका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको स्वतन्त्र, साझा पेशागत संस्था नेपाल नगरपालिका कर्मचारी एशोसिएशनको छैठौं राष्ट्रिय महाधिवेशन २०७९ भाद्र २४ गते काठमाडौमा सम्पन्न भएको छ। महाधिवेसनबाट डम्बर रोगुको अध्यक्षतामा गठित केन्द्रीय समितिमा बरिष्ठ उपाध्यक्षमा बद्रीमान नगरकोटी, महिला उपाध्यक्षमा जमुना कुमारी भुजेल महासचिव सितु प्रसाद श्रेष्ठ कोषाध्यक्षमा सानुमैया डंगोल, उप महासचिवमा चित्रबहादुर विश्वकर्मा तथा सह कोषाध्यक्षमा खगेन्द्र प्रसाद खतिवडा निर्वाचित हुनु भएको छ। त्यसै गरी १ नं प्रदेश अध्यक्षमा त्रिलोचन पौडेल, मदेश प्रदेश अध्यक्षमा अजय कुमार शर्मा, वागमती प्रदेश अध्यक्षमा निरन श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्षमा अरुण पौडेल, लुम्विनी प्रदेश अध्यक्षमा राजन कुमार केसी तथा सुदुरपश्चिम प्रदेश अध्यक्षमा लालमन तामाङ सर्वसम्मत चयन हुनु भएको छ। यसै गरी केन्द्रिय सदस्यहरुमा निर्मला बस्नेत, निरन्जनकुमार क्षेत्री, ज्ञानप्रसाद अर्याल', ठगिश्वर पोखरेल. मधुसुधन घर्ती, बद्रीप्रसाद रिमाल, संजयकुमार ढुंगाना, सञ्जिवकुमार सिंह,  भिमबहादुर विश्वकर्मा, शुशिल कर्ण, अमर राय, ओमनाथ ढकाल, पदमराज श्रेष्ठ चयन हुनु भएको छ ।

    महाधिवेसन आयोजक समितिका संयोजक राजकुमार थापाको अध्यक्षतामा सम्पन्न राष्ट्रिय महाधिवेशनको समुद्घाटन प्रमुख अतिथि नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्यन्जुबाट भएको थियो । उद्घाटन समारोहमा विशिष्ट अतिथि संगठन पुर्व अध्यक्ष इन्द्र प्रसाद अधिकारी पुर्व संयोजक श्रीराम आचार्य, पुर्व उपाध्यक्ष रुपेश बोडे श्रेष्ठ तथा सल्लाहकार त्रिलोचन पौडेल लगायतको उपस्थिती थियो । उद्घाटन शत्रमा प्रमुख अतिथि नेपाल नगरपालिका संध अध्यक्ष अशोक व्यन्जुले स्थानीय तहहरुमा जनप्रतिनिधिहरु र कर्मचारीवीचको साझा प्रयत्नबाट मात्र सरकारका सेवा प्रवाह प्रभावकारी र नतिजामुखी बन्न सक्तछ । सङघीय सरकारबाट संविधानत स्थानीय तहलाई प्राप्त भएको अधिकार कटौती भएकाले यसलाई संस्थागत गर्न नेपाल नगरपालिका संघ र कर्मचारी एशोसिएसनबीच साझा अवधारणा बनाएर अगाडि बढनु पर्दछ । स्थानीय सरकारहरुले स्थानीय सेवा व्यवस्थापनका लागि जारी गरिएका कानुन कार्यान्वयन ल्याउन अभियान सञ्चालन हुनु पर्दछ । सङघीय सरकारले लोकतन्त्तको आधारस्तम्भ स्थानीय सरकार सञ्चालनका लागि जनप्रतिनिध र कर्मचारीहरुको लागि सेवा प्रवाह गर्न आवश्यक क्षमता विकासका लागि योजना तथा कार्यक्रम कार्यान्वयन गरिनु पर्दछ । स्थानीय तहका कर्मचारीले आवश्यक सीप र दक्षता विकास गरी सक्षम जनशक्तिको रुपमा स्थापित हुनु पर्दछ । जनप्रतिनिधिले समेत कानुन विपरितका काममा कर्मचारी परिचालन गरिनु हुँदैन र आगामी दिनमा स्थानीय तहका कर्मचारीहरुको पेशागत हित र स्थानीय सरकारलाइ सवल बनाउनका लागि नेपाल नगरपालिका संघ सहयोग र समन्वय गर्न सदैव प्रतिवद्ध रहेको विचार राख्नु भएको थियो।

    images
    images
    images

     नवनियुक्त अध्यक्ष डम्बर रोगुले अफ्ना प्रतिवद्धता राख्दै एशोसिएसनलाई संस्थागत सरचनालाई विधान अनुसार पालिकास्तरमा विस्तार गरी एसोसिएसनलाई संगठानात्मक रुपमा सुदृढ गरी कर्मचारीहरुको बृत्ति विकास र सेवाको सुरक्षाको लागि साझा प्रयत्न हुने र नव गठित कार्य समितिका सवै पदाधिकारीहरुको सामुहिक उत्तरदायित्व र जिम्मेवारी सम्पादन प्रणालीको माध्यबाट संस्थाको नियमित गतिविधि सञ्चालन गरिने भनाइ राख्नु भयो ।

    उद्घाटन समारोहमा विशिष्ट अतिथि संगठन पुर्व अध्यक्ष इन्द्र प्रसाद अधिकारी पुर्व संयोजक श्रीराम आचार्य शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रम सञ्चालन संगठनका महाधिवेसन आयोजक समितिका सदस्य सोहन थापाले गर्नुभएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij