देवदह ।देवदह नगरपालिका वडा न ५ का महिला समूह, आमा समूह, टोल बिकासको पदाधिकारीमा रहनुहुने महिला र अन्य महिला नेतृ, एवं अन्य इच्छुक महिलाहरुको सहभागितामा महिला उधमशिलता , बालबालिका सुरक्षा सम्बन्धी कार्यक्रम नगर उपप्रमुख बिद्यालक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा उपस्थिति महिलाहरुलाई तीन समुहमा बिभाजन गरि उनीहरुले कस्ता कार्यक्रम माग गरेका छन, कुन कार्यक्रमको लागि बजेट बिनियोजन गर्दा उत्पादकत्व , स्वरोजगार र वास्तविक सीप हासिल हुन्छ, समाजले कस्तो कार्यक्रम खोजेको र रोजेको छ भन्ने सन्दर्भमा छलफल गरि निचोड निकालिएको थियो।
उक्त कार्यक्रम बाट माग भए अनुसार नेतृत्व बिकास तालिम , पशुपालन सम्बन्धि कार्यक्रम , फिनेल हार्पिक निर्माण , चप्पल , झोला निर्माण, महिला ड्राइभिङ, दुना टपरी , गित संगीत बाद्यबादन तालिम लगायतका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभएको थियो। कार्यक्रममा बोल्दै देवदह नगरउपप्रमुख बिद्यालक्ष्मी गुरुङले नगरपालिकाले आर्थिक बर्ष २०७९/८० को लागि नगर बाट उपप्रमुख सम्बोधित कार्यक्रमको लागि समुदाय र महिला समुहको माग अनुसार महिलालाइ उधमि र स्वरोजगार बनाउने गरि कार्यक्रम आउने उल्लेख गर्नुभयो।
तालीम लिनका लागि मात्रै नभएर उक्त तालिम पछि पनि काम गर्ने गरि कार्यक्रममा सहभागीको अवसर दिने बताउनु भयो। नगरप्रबक्ता गणेश डुम्रेले बालबालिकाको लागि सुरक्षा संबेदनसिलताको विषयमा जानकारी गराउनुभएको थियो।
कार्यक्रममा बोल्दै वडा न ५ का अध्यक्ष डुम्रेले महिला उधमशिलताको लागि फिनेल हार्पिक तालिमको लागि वडाबाट बजेट बिनियोजन भएको, महिला नेतृत्व बिकासको लागि यहि असोज ४,५ र ६ गते ३ दिवसीय नेतृत्व बिकास तालिम आयोजना गरिएको आगामी दिनमा स्वरोजगार केन्द्रित बजेट र कार्यक्रम ल्याउने बताउनु भयो।उक्त कार्यक्रममा देवदह प्रहरी चौकीका के बि थापाज्युले महिला घरेलु हिंसा सम्बन्धी सचेतना जगाउनु भएको थियो। कार्यक्रम वडा सदस्य साबित्रा पौडेलको अध्यक्षता र महिला नेतृ अन्जु श्रेष्ठको सहजीकरण सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij