बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह नगरपालिकाले मनायो ५८ औँ राष्ट्रिय बाल दिवस

देवदह नगरपालिकाले मनायो ५८ औँ राष्ट्रिय बाल दिवस

images
  • 201
    SHARES

  • images
    images
    images
    देवदह नगरपालिकाले मनायो ५८ औँ राष्ट्रिय बाल दिवस
    images
    images
    images

    देवदह । देवदहमा ५८ औँ राष्ट्रिय बाल दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ । बुधबार देवदह नगरपालिकाले माध्यमिक तह स्तरीय वक्तृत्वकला तथा आधारभूत तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको हो ।

    FB_IMG_16631686311023833.jpg

    images
    images
    images

    कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख ध्रुवप्रसाद खरेलले बालबालिका भोलिको नेतृत्व भएकाले बालबालिकाको पालनपोषण र शिक्षादिक्षामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले बाल अधिकारको रक्षा गर्दै बालमैत्री समाज निर्माणको मुद्दा अपरिहार्य रहेको औँल्याउँदै आफुहरु बालमैत्री नगरपालिका निर्माणमा प्रतिबद्ध भएर अगाडि बढेको बताउनुभयो । हाजिरीजवाफ प्रतियोगितामा ३८ बिद्यालयका ३८ समूहको सहभागिता रहेकोमा छनोट चरणबाट ६ उत्कृष्ट समूहलाई दोस्रो चरणमा प्रतिस्पर्धा गराइएको थियो । जसमा देवदह बुद्ध पब्लिक ईङ्लिस बोर्डिङ्ग स्कुल, न्यू लुम्बिनी ईङ्लिस बोर्डिङ्ग स्कुल, देवदह ईङ्लिस बोर्डिङ्ग स्कुल, सगरमाथा आवासीय मा. वि., नमूना एभरग्रीन ईङ्लिस बोर्डिङ्ग स्कुल, महामाया भवानी मा. वि. रहेका थिए । हाजिरीजवाफ प्रतियोगितामा देवदह बुद्ध पब्लिक ईङ्लिस बोर्डिङ्ग स्कुल प्रथम, देवदह ईङ्लिस बोर्डिङ्ग स्कुल द्वितीय र नमूना एभरग्रीन तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

    FB_IMG_16631686510934621.jpg

    त्यस्तै ५८ औँ बाल दिवसको नारा बालमैत्री समाजको आधार, जिम्मेवार परिवार उत्तरदायी सरकार विषयक वक्तृत्वकला प्रगियोगितातर्फ १९ विद्यालयबाट १९ जना सहभागी रहेकोमा देवदह मा. वि. कि क्रिष्टिना न्यौपाने प्रथम, देवदह इङ्गिलस बोर्डिङ्ग स्कुलकि बृन्दा पाण्डे द्धित्तिय र सगरमाथा आवासीय मा. वि. कि सन्तोषी सापकोटाले तृतिय स्थान प्राप्त गरेका छन् ।त्यस्तै सेभेन स्टार इङ्गिलस बोर्डिङ्ग स्कुलकी करीस्मा बैदाली र खड्ग मा. वि. की बिशाखा क्षेत्री प्रोत्साहन पुरस्कृत भएका छन् । माध्यमिक तह स्तरीय वक्तृत्वकलाका प्रथम, द्वितीय र तृतीयले क्रमश नगद रु. ६ हजार, ५ हजार, ४ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् भने प्रोत्साहन पुरस्कार २ जनाले नगद रु. १ हजार ५ सय र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    FB_IMG_16631686579733471.jpg

    त्यस्तै हाजिरीजवाफतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमश नगद रु. १० हजार, ९ हजार, ८ हजार र प्रमाणपत्र प्राप्त गरेका छन्  । वक्तृत्वकलाको निर्णायकमा दल बहादुर गुरुङ्ग, कृष्ण घिमिरे गाउँले र कपिल ढकाल रहनुभएको थियो । कार्यक्रम नगर प्रमुख ध्रुव प्रसाद खरेलको अध्यक्षता, विद्यालक्ष्मी गुरुङ्गको स्वागत र शिक्षा अधिकृत तथा कार्यक्रमका संयोजक परशुराम ढकालको सञ्चालनमा सम्पन्न भएको थियो । 

    images
    images

    लुम्बिनी पाना

    • बुधवार, भाद्र २९ २०७९०९:१०:४०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij