बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

कोरियाको थेगु शहरमा "प्रथम लाफा कप भलिबल प्रतियोगिता"यही अक्टूबर २ गते हुने

कोरियाको थेगु शहरमा "प्रथम लाफा कप भलिबल प्रतियोगिता"यही अक्टूबर २ गते हुने

images
  • 479
    SHARES

  • images
    images
    images
    कोरियाको थेगु शहरमा "प्रथम लाफा कप भलिबल प्रतियोगिता"यही अक्टूबर २ गते हुने
    images
    images
    images

    गुराँस मिडिया । प्रभासि भूमि द.कोरिया स्थित नेपाल मगर संघ थेगु शाखाको आयोजनामा आउँदो अक्टूबर 2 तारिक आइतबारको दिन "प्रथम लाफा भलिबल प्रतियोगिता 2022" थेगु स्थित खुजी भलीबल खेल मैदानमा आयोजना हुने भएको छ ।FB_IMG_16632079562016979.jpg स्वास्थ्य र मनोरञ्जनका लागि खेल, परदेशमा नेपालीहरुको मेल" भन्ने नाराका साथ थेगु सहरमा स्थापित यस मगर संघ थेगु शाखा ले कोरोनाको कारण बिगतमा कुनै कार्यक्रम गर्न नसकेको जनाउदै माहौल अलिक साम्य भएकोले प्रतियोगिता मार्फत कोरियामा रहेका नेपालीहरु विचको आत्मियता र बन्धुत्वको भावना अभिबृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै समाज घर व्यवस्थापन तथा आकस्मिक राहत कोष स्थापना सहयोगार्थको रुपमा सो प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष चिरन थापा मगरले बताए ।FB_IMG_16632079562016979.jpg प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २२ लाख र १२ लाख कोरियन वन प्रदान गरिने साथै सान्त्वना पुरस्कार स्वरुप दुई टिमलाई ३ लाख ५० हजार कोरियन प्रदान गरिने बताउँदै अन्य विधातर्फ उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट डिफेन्डर र उत्कृष्ट ब्लकरलाई जनही ५० हजार कोरियन वन सहित मेडल र प्रमाण पत्र प्रदान गरिने खेलकुद संयोजक नेत्र सोराली मगरले जानकारी दिएका छन् । संस्थाले प्रवासमा रहेर पनि आफ्नो जातीय संस्कृति, अस्तित्व, मौलिकता र परम्पराको संरक्षण र सम्बर्द्वनमा महत्त्वपूर्ण भूमिका खेल्दै आईरहेको र अन्य संघ संस्थाहरु सँग निरन्तर सहकार्य गरिरहेको सन्दर्भ उल्लेख गर्दै प्रतियोगिता सफल बनाउन मनकारी व्यक्ति तथा संस्थाहरुको सहयोग प्राप्त भईरहेको संस्थाका महासचिव खडक घर्ती मगरले स्पष्ट पारे ।FB_IMG_16632079562016979.jpg नेपाल मगर संघ थेगु शाखाद्वारा आयोजित प्रथम लाफा भलिबल प्रतियोगिता २०२२ मा सहभागिता जनाउन सेप्टेम्बर २५ सम्म टिम दर्ता गर्न सकिने, टिम दर्ता शुल्क स्वरुप ३ लाख ५० हजार कोरियन वोन निर्धारण गरिएको र प्रतियोगिता स्थलमा स्वादिष्ट नेपाली परिकारहरुको व्यवस्था समेत रहेको कार्यक्रम संयोजक कमल थापा मगरले जानकारी दिएका छन् ।​

    images
    images

    लुम्बिनी पाना

    • बिहिवार, भाद्र ३० २०७९०८:११:३२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij