बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

प्याब्सन देवदहद्धारा निबन्ध लेखन तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

प्याब्सन देवदहद्धारा निबन्ध लेखन तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

images
  • 334
    SHARES

  • images
    images
    images
    प्याब्सन देवदहद्धारा निबन्ध लेखन तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    images
    images
    images

    देवदह । देवदहमा हाजिरीजवाफ तथा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन देवदहको आयोजनामा प्राथमिक तह हाजिरीजवाफ एवं आधारभूत तथा माध्यमिक तह निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले विद्यार्थीहरुको प्रतिभा प्रष्फुटनका लागि देवदह नगर प्याब्सनले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्नुभएको थियो । उहाँले बालबालिकाको समग्र बिकासका लागि किताबी ज्ञान मात्र पर्याप्त नहुने उल्लेख गर्दै अतिरिक्त क्रियाकलापको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

    images
    images
    images

    कार्यक्रममा प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष एकनारायण काफ्लेले शिक्षालाई समय अनुसर प्रविधिमैत्री बनाउनुपर्ने उल्लेख गर्दै निजि तथा संस्थागत विद्यालयले देशको शिक्षा क्षेत्रमा पु¥याएको योगदानको सरकारले कदर नगरेको आरोप लगाउनुभयो ।

    हाजिरीजवाफतर्फ ९ विद्यालयबाट ९ समूह र निबन्ध लेखनतर्फ माध्यमिक तहबाट ८ जना तथा आधारभूत तहबाट ९ जनाको सहभागिता रहेको थियो । माध्यमिक तहका प्रतियोगीले ग्लोबल वार्मिङ्ग र मानव जीवनमा यसका असरहरु शीर्षकमा र आधारभूत तहका प्रतियोगीले गाउँले जीवनको महत्व शीर्षकमा अंग्रेजी भाषामा निबन्ध लेखेका थिए । प्रतियोगितामा हाजिरीजवाफतर्फ सेभेन स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुल प्रथम, मदरल्याण्ड एकेडेमी द्वितीय र देवदह मदरटङ्गस एकेडेमी तृतीय र देवदह बुद्ध पब्लिक इङ्ग्लिस बोर्डिङ्ग स्कुलले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

    त्यस्तै माध्यमिक तह निबन्ध लेखन प्रतियोगितामा सेभेन स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलकि आकृति पुन प्रथम, एशियन लाइट इङ्ग्लिस बोर्डिङ्ग स्कुलका रविन अधिकारी द्वितीय, ग्रीनप्लान्ट आवासीय मा.वि.का आकृति खराल तृतीय तथा देवदह मदरटङ्गस एकेडेमीका भुवन अधिकारीले सान्त्वना स्थान प्राप्त गरेका छन् । आधारभूत तह निबन्ध लेखनमा ग्रीनप्लान्ट आवासीय मा.वि.का आर्यन धमला प्रथम, देवदह बुद्ध पब्लिक इङ्ग्लिस बोर्डिङ्ग स्कुलका आर्यन पाण्डे द्वितीय, सेभेन स्टार इङ्ग्लिस बोर्डिङ्ग स्कुलकि रश्मि पाण्डे तृतीय र देवदह मदरटङ्गस एकेडेमीका प्रेरणा न्यौपानेले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

    निबन्ध लेखन प्रतियोगिताको निर्णायकमा उमापती न्यौपाने र बाबुराम गैरे रहनुभएको थियो । प्रतियोगिताका बिजयीहरुलाई शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम प्याब्सन देवदहका अध्यक्ष राम बहादुर गुरुङ्गको अध्यक्षता, कोषाध्यक्ष तथा कार्यक्रम संयोजक टिकाराम चापागाईंको स्वागत र सचिव कृष्ण प्रसाद गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij