देवदह। लायन्स क्लव अफ देवदहले आफ्नो वार्षिक कार्यक्रम तथा डिष्ट्रिक्टको कार्यक्रम अन्तर्गत निशूल्क मधुमेह तथा वि.पि. परीक्षण कार्यक्रम आज सम्पन्न गरेकोे छ । भाद्र २५ गते देखि कोलिय देवदह साकोसको शाखा स्तरिय वार्षिक साधरण सभामा क्लवले साकोस सँग सहकार्य गरि एक कार्यक्रमकोे बिच निशूल्क शिविरको आज समापन गरेको छ । आज एक समापन सत्रको कार्यक्रम बोल्नुहुँदै प्रमुख अतिथि क्लवका चार्टर प्रेसिडेन्ट तथा लायन्स क्लव इन्टरनेशनल ३२५पि का डिष्ट्रिक्ट एडभाइजर लायन विष्णु प्रसाद पौडेलले क्लवले स्थापना कालदेखि विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको र यस लायन वर्षमा पनि डिष्ट्रिक्टको कार्यक्रमलाई समेटेर क्लवले आफ्ना सामाजिक कार्यक्रम अगाडी बढाइरहेकोमा क्लवलाई धन्यवाद दिनुभएको थियो ।

यस निशूल्क शिविरबाट अत्याधिक देवदहवासीले स्वास्य लाभ लिइरहेको प्रति खुशी व्यक्त गर्दै यस्तै प्रत्यक्ष जनसमुदायमा प्रभाव पार्ने खालको रचनात्मक कार्यक्रमहरु गर्न सुझाव दिनुभएको थियो । कार्यक्रममा क्लवका पूर्व अध्यक्ष तथा डिष्ट्रिक्ट ड्युपुटी ट्ेजरर लायन ऋषिराम सापकोटा, पूर्व अध्यक्ष तथा डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन गुमान सिंह के.सी., पूर्व अध्यक्ष तथा जोेन चेयर पर्सन राम बहादुर गुरुगं, आई.पी.पी. लायन बिनोद थापा मगर, कोलिय देवदह साकोसका अध्यक्ष शुभकान्त न्यौपाने, कोषाध्यक्ष प्रजापति सापकोटा, भीम गुरुगं, प्रकाश अर्याल, बिनोद पराजुली, बुद्धिसागर अर्याल, राजु रेग्मी लगायतकोे उपस्थिती रहेको थियो ।

भाद्र २५ गतेदेखि सुरु भएको परीक्षण शिविरमा ३१५९ जनाले मधुमेह तथा वि.पी. परीक्षण गरि स्वास्थ्य लाभ लिएकोे कार्यक्रम संयोजक जस बहादुर पुनले जानकारी गराउनुभयो । क्लवले यस अगाडी निशूल्क आँखा शिविर पनि सम्पन्न गरिसकेको र लगत्तै बालबालिकाको क्यान्सर रोग सम्बन्धि शिविर पनि सञ्चालन गर्ने क्लवका अध्यक्ष लायन विष्णु प्रसाद ज्ञावलीले बताउनुभयो । यस निशूल्क मधुमेह तथा वि.पी. परीक्षणमा देवदह मेडिकल कलेज, केरवानी स्वास्थ्य चौकीले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रम क्लवका अध्यक्ष लायन विष्णु प्रसाद ज्ञावलीको अध्यक्षता, प्रथम उपाध्यक्ष लायन मन बहादुर क्षेत्रीको स्वागत, कार्यक्रम संयोजक जस बहादुर पुनको धन्यवाद र सचिव गणेश क्षेत्रीको सञ्चालनमा सम्पन्न भएकोे थियोे ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij